• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो, बलिदानबाट निस्किएका कुरा रातै हुन्छन्ः प्रधानमन्त्री

नीतिप्रेस by नीतिप्रेस
May 1, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरूको रगतले देशको झन्डा रातो भएको बताउनुभएको छ ।


१ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको झण्डा ख्याल ख्यालमा रातो नभएको बताउँदै मजदुरहरूको रगतले झण्डा रातो भएको बताउनु भयो । उहाँले शान्तिको प्रतीक र शान्तिपूर्ण, न्यायपूर्ण समाज हुनुपर्छ भनेर मजदुरहरूले बोकेका सेता झण्डाहरूमा गोलीका कारण रगतले झण्डा लतपतिएको बताउनु भयो । उहाँले रगतले लतपतिएका कारण झण्डा रातो भएपछि मजदुरहरूले अब उप्रान्त नेपालको झण्डा रातो हुने घोषणा गरेको स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले बलिदानबाट निस्किएका कुरा राता हुने बताउँदै देश, कम्युनिस्ट पार्टी, मजदुरहरूको झण्डा र रङ्ग रातो भएको जिकिर गर्नुभयो । उहाँले सङ्घर्ष र बलिदानका गाथाहरू र इतिहासलाई कहिले पनि नबिर्सिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “आज हाम्रा सङ्घर्ष र बलिदानका गाथाहरूलाई सम्झने दिन हो । इतिहासलाई सम्झने दिन हो । हाम्रो झण्डा कसरी रातो भयो, कतिपयले रातो झण्डा भन्छन् । ख्याल ख्यालमा रातो भएको होइन । गोली खाएर ढल्दा खेरी, झण्डा समातिराख्दा खेरी रगतले झण्डा रातो भएको हो । सेतो झण्डा बोकेका थिए मजदुरहरूले, शान्तिको प्रतिकको रूपमा बोकेका थिए । शान्तिपूर्ण, न्यायपूर्ण समाज हुनुपर्छ भनेर बोकेका थिए । जब रगतले लतपतिएर झण्डा रातो भयो, त्यसपछि उनीहरूले घोषणा गरे कि अब उप्रान्त हाम्रो झण्डा रातो हुनेछ । त्यसरी कम्युनिस्ट पार्टीको झण्डा, मजदुरहरूको झण्डा, मजदुरहरूको रङ्ग प्रमुख रूपमा रातो भयो । यस कारण बलिदानबाट निस्किएका कुरा राता हुन्छन् । हाम्रो देशको झण्डा पनि रातो छ ।  हामीले सङ्घर्षबाटै प्राप्त गरेको झण्डा हो । तसर्थ हामी यो सङ्घर्षको गाथा झल्काउने झन्डा, यो बलिदानको इतिहास झल्काउने तथा सम्झाउने झन्डा पनि छोड्ने छैनौँ । सङ्घर्षका गाथा, बलिदानलाई कहिने पनि बिर्सिने छैनौँ ।”   


नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका ओलीले एमाले सधैँ राष्ट्रियता, प्रगति, उन्नति, विकास र श्रमजीवीहरूको हक र अधिकारको पक्षमा सक्रिय भएर लाग्ने जिकिर गर्नुभयो ।

Previous Post

कलात्मक चित्रमार्फत पोखरालाई आकर्षक बनाउँछ : मेयर आचार्य

Next Post

गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ

Next Post

गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन