पाेखरा । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममा वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारिएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । नेपालको कार्बन उत्सर्जनलगायतका विषय समेटिएको दुई वर्षे पारदर्शिता प्रतिवेदन अन्तिम चरणमा पुगेको बताए।
आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमार्फत सञ्चालित वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारेको बताए।
मन्त्री ठकुरीले नेपालले सञ्चित गरेको कार्बनलाई अन्तर्राष्ट्रिय स्थानीय समुदायमा विक्री गरी आर्थिक लाभ उठाउने उद्देश्यका साथ कार्बन नियमावली २०८२ को अन्तिम मस्यौदा तयार गरिरहेको बताए ।
उनले यही मे महिनाको १६ देखि १८ सम्म नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादलाई विशेष गरी जलवायु परिवर्तन पर्वत र मानव भविष्यसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमै यसको असरको बारेमा विश्व समुदायलाई जानकारी गराउनका लागि यो महत्वपूर्ण कार्यक्रम हुने विश्वास व्यक्त गरे।
उनले सगरमाथा संवादलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नेपाल सरकारले आफ्नो तयारीहरु अघि बढाइरहेको बताए । केही दिनभित्र सम्पूर्ण तयारी पूरा गरेर राष्ट्रिय महत्वको पर्वको रुपमा मनाउन गइरहेको बताए।
मन्त्री ठकुरीले भने, ‘नेपालले सञ्चित गरेको कार्बनलाई अन्तर्राष्ट्रिय स्थानीय समुदायमा विक्री गरी आर्थिक लाभ उठाउने उद्देश्यका साथ कार्बन नियमावली २०८२ को अन्तिम मस्यौदा हामी तयार गरिरहेका छौँ । नेपालको कार्बन उत्सर्जन लगायतका विषय समेटिएको दुई वर्षे पारदर्शिता प्रतिवेदन पनि अन्तिम चरणमा पुगेको छ । यही मे महिनाको १६ देखि १८ सम्म नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादलाई विशेष गरी जलवायु परिवर्तन पर्वत र मानव भविष्यसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमै यसको असरको बारेमा विश्व समुदायलाई जानकारी गराउनका लागि यो महत्वपूर्ण कार्यक्रम हुनेछ । सगरमाथा संवादलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नेपाल सरकारले आफ्नो तयारीहरु अघि बढाइरहेको छ । केही दिनभित्र सम्पूर्ण तयारी पूरा गरेर राष्ट्रिय महत्वको पर्वको रुपमा हामी मनाउन गइरहेका छौँ । नीति तथा कार्यक्रम र योजनाहरु त बन्छन् तर कार्यान्वयनको चरणमा पुग्न अत्यन्तै कठिनाइ हुने गरेको छ । आर्थिक वर्ष २०८२-०८३ को बजेट तथा कार्यक्रममा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमार्फत सञ्चालित वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारेका छाैँ।
मन्त्री ठकुरीले जलवायु परिवर्तनको प्रभाव दिन प्रतिदिन झनै भयावह बन्दै गएको बताए । नेपाल जलवायु परिवर्तनको प्रमुख कारक नभए पनि त्यसको पीडा भोग्नु परिरहेको बताए ।






