• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री पौडेल

नीतिप्रेस by नीतिप्रेस
May 2, 2025
in कास्की, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले प्राकृतिक स्रोत वन क्षेत्रलाई समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशको दोस्रो परिषद् पोखरामा उद्घाटन गर्दै उनले प्रदेश सरकार वन पैदावार उपयोग नीति सर्वसुलभ बनाउन प्रतिवद्ध रहेको बताए ।

सरकारले दिगो वन व्यवस्थापन निर्देशिका तयार गरिरहेको उनले बताए । उनले भने, ‘यसले सम्पन्न वन भएका समूहसँग कर लिएर आर्थिक अवस्था कमजोर भएका वन समूहलाई सहयोग गर्ने नीति रहेको छ, त्यसका लागि सबैको साथ र सहयोग अपरिहार्य छ ।’

सामुदायिक वन समूहले संरक्षण र प्रवर्द्धनमा गरेको योगदानको उच्च कदर गर्दै उनले वनलाई रोजगारी र आयआर्जनसँग जोड्नका लागि आवश्यक जडिवुटी प्रशोधन केन्द्र, फर्निचर, प्लाईलगायतका विभिन्न उद्योग सञ्चालन गरेर विदेशी काठ तथा काठजन्य सामग्री आयातलाई विस्थापित गर्नुपर्नेमा जोड दिए ।

मानव वन्यजन्तु द्वन्द पीतिलाई एक करोड ७० लाख बरावरको क्षतिपूर्ति वितरण गरेर जनतामा आशा जगाउन सफल भएको भन्दै मन्त्री पौडेलले आवश्यक डकुमेण्ट पूरा भएका पीडितलाई राहत उपलव्ध गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले उपभोक्ताले रगत पसिना खर्चेर संरक्षण गरेको वन उपयोगमा सरकारले सर्वसुलभ गर्नेतर्पm ध्यान नदिँदा वन संरक्षणमा समेत चुनौति थपिँदै गएको बताए ।

उनले मुलुकमा वन क्षेत्रको विस्तार हुँदै जाँदा वन्यजन्तुको संख्यामा समेत वृद्धि हुँदा वन्यजन्तु वस्तीमा पसेर मानव तथा कृषि उत्पादनमा ठूलो नोक्सानी गर्दै आएको बताए । उनले वन्यजन्तु घटाउन तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

समृद्धिको बाधकको रुपमा देखिएको जङ्गली जनावरको व्यवस्थापन गर्नुपर्नेमा जोड दिंदै उनले बाघ प्रजनन् केन्द्र खोलेर उत्पादन भएका बाघ विश्व बजारमा विक्री गर्न सके अरवाैँ रुपैयाँ आम्दानी गर्न सकिने बताए ।

सरकारले वन समूहका कार्ययोजना नवीकरण गर्नेतर्फ ध्यान दिनुपर्नेमा आवश्यकता औल्याउँदै उनले सामुदायिक वनमा कर शून्य बनाउन माग गरे ।

सामुदायिक वन क्षेत्रमा निर्माण हुने हाइड्रोपावर, केवुलकारको कारण चटपट, पानी, चिया पसल गरेर जीविकोपार्जन गर्दै आएका साना व्यापारीलाई विस्तापित हुनु परेको बताउँदै उनले त्यस्ता योजनाले स्थानीय वासिन्दालाई रोजगारी र शेयर दिनुपर्नेमा जोड दिए ।

महासंघ गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ स्थायी सदस्य सरिता कुमाल, नरबहादुर गुरुङ्ग, दोवबहादुर कार्की, केन्द्रीय सदस्य हरि बास्तोला, खुमप्रसाद सुवेदी, सीता खड्का, गैसस महासंघ गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्का, निजी तथा पारिवारिक वन प्रदेश अध्यक्ष सन्तु सुवेदी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनिता श्रेष्ठलगायतले वनको महत्व र उपभोक्ताले पुर्‍याउँदै आएको योगदानका बारेमा प्रकाश पारेका थिए ।

परिषदमा महासंघका महासचिव आसु विश्वकर्माले सांगठानिक र कोषाध्यक्ष लीला दवाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्षद्वय खगराज सापकोटा र किशोर सापकोटाले प्रदेशले गरेका गतिविधि बारे जानकारी गराएका थिए ।

Previous Post

रोटरी काठमाडाैँ हेरिटेजको शिविरमा दुई सय ५० जनाको स्वास्थ्य परीक्षण

Next Post

बजेट तथा कार्यक्रममा जलवायुमैत्री अभियानलाई विशेष महत्व दिएका छौँः मन्त्री ठकुरी

Next Post

बजेट तथा कार्यक्रममा जलवायुमैत्री अभियानलाई विशेष महत्व दिएका छौँः मन्त्री ठकुरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन