• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सूर्यदेवकाे प्रिय दिनमा राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
May 4, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ वैशाख २१ गते आइतबार, इस्वीसंवत मे ४ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको सप्तमी तिथि दिनमा १२ः४२ बजेसम्म त्यसपश्चात् अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा तिष्य साँझमा ६ः०१ बजेसम्म त्यसपछि अश्लेषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शूल ३ घटि ४१ पलासम्म त्यसपछि गण्ड लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा कर्कट राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३३ घटि ६ पला अर्थात १३ घण्टा १७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः२५ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ११ः२१ बजे र अस्ताउने समय रातिमा १२ः३६ बजे रहेको छ । आज गंगा सप्तमी व्रत, रवि सप्तमी व्रत गर्ने दिन र विश्व हासो दिवस रहेको छ ।

आजको राशिफल

मेषः आज अवसरका लागि दौडधूप गर्नुपर्ला । तत्कालका लागि लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । कामको चाप बढ्ने छ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहने छ । परिस्थितिले अप्ठ्यारा चुनौतीसँग सम्झौता गराउन सक्छ । 

वृषः आज व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिने छ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । आज उत्तरतर्फको यात्रासमेत फलदायी हुनेछ । 

मिथुनः आज आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनु पर्नेछ । अनावश्यक साइनो गाँस्नेसँग सावधान रहनुहोला । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । आज सकभर टाढाको त्यसमाथि पनि पूर्वतर्फको यात्रा नगर्नुहोला ।  

कर्कटः आज स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिने छ । शत्रु किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् ।

सिंहः आज आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका अरूले फुत्काउन सक्छन् । बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ने देखिन्छ । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्नेछ । आज आर्थिक कारोबारले पनि समस्या निम्त्याउने ग्रहगोचर देखिन्छ । 

कन्याः आज मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । धार्मिक यात्रा सफल हुनेछ । स्वास्थ्यले पनि साथ दिनेछ । 

तुलाः आज जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि भने केही समय लाग्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः झुक्ने छन् । यात्रामा निकै सतर्क हुनुहोला । तपाइँको हातबाट कारोबार नगर्नुहोला ।

वृश्चिकः आज आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्नेछ । दैनिक कार्यमा समय दिन नसक्दा काम बिग्रन सक्छ । व्यापारमा लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । झुटा आरोप लगाउनेहरू सक्रिय हुनेछन् ।

धनुः आज शत्रु पक्ष सबल रहनेछ, कार्य अवरोधका साथै बोलीमा पनि विकार रहन सक्नेछ । तपाइँलाई पेटसम्बन्धी समस्या आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जना हुने ग्रह योग रहेकाले सतर्क रहन आवश्यक छ ।

मकरः आज सामाजिक कार्यमा मन जानेछ, गृह सुखका साथै कला साहित्यमा अभिरुचि रहने देखिन्छ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानै प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ, धार्मिक यात्रा गर्ने इच्छा जागेर आउने छ ।  

कुम्भः आज दिन प्रेमिल रहने छ, आय बढ्नुका साथै मित्र लाभका योग पनि देखिन्छन् । इमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने भने मन पनि प्रशन्न हुनेछ । सरकारी धन तथा पैतृक सम्पतिको प्रयोगमार्फत मनग्य आम्दानी गर्न सकिनेछ । आज सुरु गरेका कामले राम्रो प्रतिफल प्राप्त हुनेछ । 

मीनः आज व्ययभार बढ्नेछ, आफन्तमा असमझ्दारी रहनुका साथै प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ । आफन्त, साथीभाई तथा कुटुम्बसंँग मनमुटाव बढ्ने देखिन्छ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ, ध्यान दिनुहोला । आज खानेकुरामा पनि विशेष ध्यान दिनुहोला । 

साहित (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः२३ बजेदेखि ७ः०२ बजेसम्म उद्धेग बेला
बिहान ७ः०२ बजेदेखि ८ः४१ बजेसम्म चर बेला
बिहान ८ः४१ बजेदेखि १०ः२१ बजेसम्म लाभ बेला
बिहान १०ः२१ बजेदेखि १२ः०० बजेसम्म अमृत बेला
दिनमा १२ः०० बजेदेखि १ः४० बजेसम्म काल बेला
दिनमा १ः४० बजेदेखि ३ः१९ बजेसम्म शुभ बेला
दिनमा ३ः१९ बजेदेखि ४ः५९ बजेसम्म रोग बेला
दिनमा ४ः५९ बजेदेखि ६ः३८ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३८ बजेदेखि ७ः५९ बजेसम्म चर बेला
साँझ ७ः५९ बजेदेखि ९ः१९ बजेसम्म लाभ बेला
राति ९ः१९ बजेदेखि १०ः३९ बजेसम्म अमृत बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म काल बेला
राति १२ः०० बजेदेखि १ः२० बजेसम्म शुभ बेला
राति १ः२० बजेदेखि २ः४१ बजेसम्म रोग बेला
रातिमा २ः४१ बजेदेखि ४ः०१ बजेसम्म उद्धेग बेला
रातिमा ४ः०१ बजेदेखि ०५ः२२ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि साँझमा ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

नौबिसे-नागढुङ्गा सडकखण्ड राति बन्द हुने

Next Post

पोखरामा वर्षा जारी, आज दिनभर के होला ?

Next Post

पोखरामा वर्षा जारी, आज दिनभर के होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन