पोखरा । एक्कासि आएको हावाहुरी र वर्षाका कारण पोखराको फेवातालमा फसेका २० जनाको सकुशल उद्धार गरिएको छ ।
सोमबार दिउँसो एक्कासि हावाहुरी चल्दा स्ट्यान्ड अप प्याडल बोर्डबाट तालमा खसेका र अलपत्र परेका २० जनाको उद्धार गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका प्रमुख प्रहरी उपरीक्षक सूर्य तिमिल्सिनाका अनुसार एक्कासि हावाहुरी चलेपछि प्याडल बोर्डमै सवार रहेको अवस्थामा तालको बीच भागमा २० जना मानिस अलपत्र परेका थिए ।
उनीहरुको उद्दारमा सशस्त्र प्रहरी बल, नेपाल आर्मीसहित फेवातालमा चल्ने डुंगा चालहहरु खटिएको थिए । पोखरामा अहिले वर्षा भइरहेको छ । केही अघि हावाहुरीसहित भारी वर्षा भएको थियो ।






