• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

नीतिप्रेस by नीतिप्रेस
May 11, 2025
in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, अन्य, कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा भोलि बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थिति  रहनेछ। आयोजक समितिका अनुसार बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरू, धार्मिक प्रवचन  तथा समाजका विभिन्न धर्म गुरुहरूको उपस्थितिमा विशेष समारोह गरिने छ।

महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान्  धर्मगुरुहरूको आगमन अपेक्षित गरिएको छ। यस अवसरमा बौद्ध धर्म गुरु, किरात धर्म गुरु, तथा अन्य सम्माननीय अतिथिहरूले मन्तव्य दिने कार्यक्रम पनि तय गरिएको छ।

यो विराट ज्ञान महायज्ञ धार्मिक सहिष्णुता, आध्यात्मिक उन्नति, र सांस्कृतिक एकताको प्रतिकको रूपमा आयोजना गरिएको छ।

विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले यो विराट महायज्ञले राष्ट्र, धर्म र मानवताका लागि नयाँ ऊर्जा थपेको प्रष्ट पार्दै धर्म भनेको विभाजन होइन, समन्वय हो। सबै धर्म एउटै मूलबाट निस्केका जलधाराजस्तै हुन्—जो अन्ततः एउटै समुद्रमा विलीन हुन्छन् भन्दै बताएका छन्।  

आयोजकका अनुसार धर्म र सम्प्रदायहरूबीचको एकता र आपसी आदरलाई केन्द्रमा राखेर समाजमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्य लिएको जानकारी दिएका छन् ।

आज देखि महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन्।   पोखरेलले  आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन गर्ने छन् । उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार वाल्मीकि श्री राम कथा वाचक आचार्य पंराकुशजीको विदाई गरे सँगै आइतबार  वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु भएको हो । 

डा. चिन्तामणि योगी प्रमुख अतिथि भएको कोटिहोममा नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्ब अध्यक्ष बिपुल पोखरेल सहित पत्रकार महासंघ कार्यसमिति,रास्ट्रिय स्वतन्त्र पार्टिका पूर्बमहामन्त्री मुकुल  ढकाल सहभागिता सहित विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो। साथै राष्ट्रिय लोक दोहोरी गायिका पूर्णकला बिसी र भूमिका गिरीको प्रस्तुति रहेको थियो  । 

कोटिहोममा नियमित हुने रक्तदान कार्यक्रममा आइतबार सम्म दुई सय बढीले रक्तदाताले रक्तदान गरेका छन् । कोटिहोम आउने भक्तजनले आफू सक्य सहयोग गर्ने व्यवस्था भएकोले केही न केही सहयोग गरौँ भन्ने भावनालाई जागृत गर्न रक्तदान कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

Previous Post

अग्निचक्र राष्ट्रिय मासिकको गण्डकी कोटिहोम विशेषाङ्कमा के छ ?

Next Post

शिवजीको प्रिय तथा बुद्ध जयन्तीका दिनमा दुई पटक अमृत बेला, राशिफल कस्तो होला ?

Next Post

शिवजीको प्रिय तथा बुद्ध जयन्तीका दिनमा दुई पटक अमृत बेला, राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन