• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

परिवर्तनका लागि बाल्यावस्थाबाटै सकारात्मक सोच जरूरीः प्रदेश प्रमुख भट्ट

नीतिप्रेस by नीतिप्रेस
May 18, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताएका छन् । 

नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्ला स्तरीय संरक्षक गोष्ठीमा प्रदेश प्रमुख भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताए ।

‘कलिलो उमेरबाटै अरुको सेवा गर्नुपर्ने भावना विकसित गर्न सकेमा ती बालबालिका भविष्यमा नैतिकवान्, कर्मठ र ईमान्दार दक्ष नागरिक बन्नेछन्’, उनले भने, ‘नैतिक शिक्षाले उनीहरु असल मार्गमा अघि बढ्छन्, हिंसा र अपराधबाट जोगिन्छन्, परिवर्तनका लागि सकारात्मक सोच अत्यन्त जरुरी छ ।’

स्वयंसेवी कार्यकर्ता, युवाहरूको सक्रिय संलग्नता र सामुदायिक सहभागितामार्फत् रेडक्रसले आफूलाई अग्रपंक्तिमा उभ्याएको भट्टले उल्लेख गरे । 

उनले गोष्ठीमा प्रस्तुत कार्ययोजना, छलफल तथा विचार मन्थनबाट संस्थागत कामकारबाहीको मूल्यांकन, सुझाव ग्रहण र आगामी दिनको योजना तर्जुमा गर्न सक्षम बनोस् भन्दै संस्थालाई सबिलकरणको दिशामा अघि बढाउन दिशानिर्देश गरोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।

‘रेडक्रस भन्ने बित्तिकै मानवियता र सेवा भावना जोडिन्छ । युद्ध, प्राकृतिक विपद् र अन्य आपत्कालीन अवस्थामा पीडितलाई सहायता पु¥याउने उद्देश्यका साथ रेडक्रसले कामहरू गर्दै आएको छ’, उनले भने ।

स्थानीय समुदायमा मानवीय सेवाको आवश्यकता बोध हुँदा सम्झिने पहिलो सामाजिक संस्था रेडक्रसले मानवतालाई जीवित राखौँ मूल मन्त्रका साथ काम गर्दै आएकोमा आभारपनि व्यक्त गरे ।

‘रेडक्रसले जिल्लास्तरीय समितिअन्तर्गत विभिन्न उपशाखाहरू, समुदायस्तरीय युवा सर्कल, स्वयंसेवक समूह र विद्यालय अन्तर्गत जुनियर तथा युवा रेडक्रस सर्कलहरूलाई क्रियाशील बनाउँदै फराकिलो क्षेत्र ओगटेको छ’, प्रदेश प्रमुख भट्टले थपे, ‘रेडक्रस, स्काउट, लायन्स, रोटरी जस्ता संघसंस्थाहरू गर्वलायक सामाजिक संघसंस्था हुन्, मानव जीवनको अमूल्य वस्तु रगतको अभाव हुँदा सबैभन्दा पहिले सम्झने संस्था भनेकै रेडक्रस हो ।’

रगत उपलब्ध गराउने काम सँगसँगै नेपालमा महामारी, भूकम्प तथा बाढीपहिरोको पीडामा रहँदा रेडक्रसले अग्रणी भूमिका खेलेको बताउँदै भट्टले पीडितहरुलाई खाद्यान्न लत्ताकपडादेखि तत्कालिन एम्बुलेन्स सेवा, स्वास्थ्य सेवा, परामर्श लगायत कार्य रेडक्रसकै अगुवाईमा भएको उल्लेख गरे ।  

रेडक्रसले सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै आगामी दिनमा राज्यको निकायसँग सहकार्य, प्रविधिको उपयोग र नवप्रवर्तनशील कार्यक्रमका माध्यमबाट रेडक्रस अझ प्रभावकारी रूपमा समाजसेवामा अग्रसर हुने विश्वास पनि उनले व्यक्त गरे ।

Previous Post

सूर्यदेवको प्रिय दिनमा अमृत र काल बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

पोखरा रंगशालामा तीन सय ४७ जनाको निःशुल्क आँखा परीक्षण

Next Post

पोखरा रंगशालामा तीन सय ४७ जनाको निःशुल्क आँखा परीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन