बैतडी । बैतडी सदरमुकामलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ।
सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बिहान १:४८ बजे ५दशमलव१ रेक्टर स्केल र त्यसपछि २:०० बजे ३दशमलव७ रेक्टर स्केलको गरी लगातार दुई पटक भूकम्प गएको हो।
लगातारको कम्पनपछि यहाँका स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए।
भूकम्पको धक्का दार्चुला, बझाङ र डडेल्धुरासम्म महसुस गरिएको केन्द्र प्रमुख तिमिल्सिनाले जानकारी दिए।
हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै पनि विवरण प्राप्त भइसकेको छैन।






