• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जेठ अन्तिमसम्ममा फ्लाइओभर निर्माण पूरा हुन्छः पूर्वाधारमन्त्री दाहाल

नीतिप्रेस by नीतिप्रेस
May 25, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठको अन्त्यसम्ममा पूरा हुने बताउनुभएको छ ।

ललिितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको स्थलगत निरीक्षणका क्रमा उहाँले बाँकी रहेका कामहरु चाँडोभन्दा चाँडो पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

उहाँले प्राविधिक रुपमा समस्याहरु आउँदा निर्माण सम्पन्न हुन समय लागेपनि परिणाम सन्तोषजनक आएको बताउँदै असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

२०७८ सालदेखि निर्माण शुरु भएपनि प्राविधिक समस्याका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको उहाँको भनाई थियो ।

निरीक्षणकै क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री दाहालले मनसुन शुरु भएसँगै मुख्य राजमार्गहरुमा आउने समस्या समाधानका लागि पूर्व तयारीका कामहरु भइरहेकोसमेत जानकारी दिनभुयो ।

उहाँले विपद् न्युनिकरणका लागि स्थानीयबासी र सवारी चालकलाई शतर्क गराउनेलगायत उपलब्ध स्रोत साधनलाई स्ट्याण्डवाई राखेर समस्या आएलगत्तै समाधान गर्नेगरि तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘यो २०७८ देखि ठेक्का लागेर शुरु भएको काम हो । यसको म्याद सकिएको धेरै भैसकेको छ । यसको अन्तिम म्याद भनेको गत पुष ८ गतेसम्म थियो त्यतिखेर पनि सम्पन्न हुनसकेन । यो हाम्रो नेपालको पहिलो इपीसी मोडलबाट गरिएको काम हो । यसका प्राविधिक समस्यापनि नयाँ नै हुन् । त्यसकारण प्राविधिक रुपमा केही ल्याकेजहरु रहेको हुनुपर्छ र बीचमा आएका समस्या समाधानका कारण केही पर्खनु प¥यो । फेरि हामीले माथि उठीसकेको कामलाई पुनः तलैबाट सुरु गर्नुपर्ने अवस्थाका कारण ढिलो भयो । तरपनि ढिलै भएपनि परिणाम राम्रै आएको छ । यो जेठको अन्तिम सम्ममा सम्पन्न गरेर असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा छौं । मनसुन हुँदा राजमार्गहरुमा समस्या त छन् । दाउन्नेमा हामीले कटिङको काम गर्नुपर्ने अवस्थाका कारण ढिलो भएको हो । निश्चित समय गाडी रोकेरै भएपनि हामीले कटिङको काम सकेका छौं । ठूलै पानी प¥यो भने सडक सामान्य अवरोध हुनपनि सक्छ । अवरोधै हुँदैन भनेर भन्न सकिन्न । तरपनि अहिले हामीले सहज बनाइसकेका छौं ।  सँगसँगै निर्माण व्यवसायी र निर्माण कम्पनीलाई पनि तयारी अवस्थामा बस्न भनेका छौं । हामीले आफ्ना हेभि इक्युपमेन्टहरु पनि सम्बन्धित क्षेत्रमा केन्द्रित गरेर राखेका छौं । यदि समस्या भइहाल्यो भने पनि तुरुन्तै समाधान गर्नेगरि तयारी अवस्थामा राखिएको छ । त्यसैगरी वीपी राजमार्गलाई प्राथमिकतामा राखेका छौं । वीपी राजमार्गको काम हामी आफैंले सुरु गरेको र पछि स्रोत सुनिश्चित भइसकेपछि ठेक्का प्रक्रिया अगाडि बढाएका छौं । ठेक्काको काम चलिनै रहन्छ । यदि अवरोध भएमा हटाउने कामपनि सँगसँगै हुन्छ । त्यसरी तयारी गरेका छौं । कान्ति लोकपथ, मेची राजमार्गलगायतका राजमार्गहरु र मुख्यरुपमा पृथ्वी राजमार्गमा पनि समस्या आउनसक्छ भनेर पूर्वतयारीका कामहरु गरिरहेका छौं । स्थानीयबासीलाई सतर्क गराउने र अर्को कुरा गाडीहरु केही समस्या आएमा सर्तक गराउने र साधन स्रोतलाई ठाउँ ठाउँमा स्ट्याण्डवाई राखेर समस्या आउनेवित्तिकै समाधान गर्नेगरि राखेका छौं । जस्तै पहिरो आयो भने पहिरो हटाउने गरि र बाढी आयो भने त्यसबाट जोगाउनेगरि कामहरु भइरहेका छन् ।’

उहाँले विभिन्न राजमार्गहरुमा निर्माणकार्य जारी नै रहेकाले सम्बन्धित निर्माण कम्पनीलाई पूर्वतयारी अवस्थामा बस्न आग्रह गरेको बताउनु भयो ।

Previous Post

लोकतन्त्र विरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेका छन् : उपप्रधानमन्त्री सिंह

Next Post

लमजुङमा जीपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

Next Post

लमजुङमा जीपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन