• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराका मेयर आचार्यसँग चिनियाँ टोलीको शिष्टाचार भेट

नीतिप्रेस by नीतिप्रेस
May 26, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । जनवादी गणतन्त्र चीनको सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको छ सदस्यीय प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । 

चीनको ल्हासाबाट हिमालयन एयरलाइन्सको विमान मार्फत पोखरा आएको उक्त टोलीले नगरप्रमुख आचार्यको कार्यकक्षमा गरेको भेटवार्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको छ । 

छलफलका क्रममा नगरप्रमुख आचार्यले पोखराबाट चिनियाँ बजारमा निर्यात हुन सक्ने वस्तुको सम्भाव्यता अध्ययनका लागि प्रतिनिधिमूलक एक अध्ययन समिति गठनको प्रस्ताव राखे । 

नेपालले बेहोर्नु परेको व्यापार घाटा कम गरी सन्तुलन कायम गर्ने सन्दर्भमा पोखराबाट कृषिजन्य उत्पादन निर्यातका लागि चिनियाँ बजार उपयुक्त रहेको डान नेतृत्वको टोलीले बताएको छ। तर, त्यसको वास्तविकता अध्ययन तथा आवश्यक प्रक्रियामा सहजीकरणका लागि एक समिति गठनको प्रस्ताव गरिएको नगर प्रमुख आचार्यले बताए । 

पोखरामा होटल, उद्योग, पर्यटन तथा कृषिका विभिन्न क्षेत्रहरूमा लगानीको सम्भावना रहेको स्मरण गराउँदै नगर प्रमुख आचार्यले डान बामार्फत चिनियाँ उद्योगी व्यवसायीलाई लगानीका लागि आह्वानसमेत गरे ।

पोखरा महानगरपालिका चीनका विभिन्न नगरसँग भगिनी सम्बन्ध कायम गर्दै सांस्कृतिक आदानप्रदान, शिक्षा, स्वास्थ्य, प्रविधि, पूर्वाधार विकास र रोजगारी सृजना हुने गतिविधिमा साझेदारीका लागि तत्पर रहेको उनले बताए ।

पर्यटन राजधानी पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानमार्फत चीनका सहरमा पर्यटन आदान-प्रदानमा विशेष पहल गर्न उनले आग्रहसमेत गरे । 

सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बाले नेपाल-चीन सीमाका १४ वटा नाका सञ्चालनका लागि आफ्नो क्षेत्रमा आवश्यक पूर्वाधार तयार गरिसकेको उल्लेख गर्दै नेपाल र नेपालीका लागि भिसा प्रक्रियालाई सहज बनाउन सम्बन्धित निकायमा पहल गर्ने बताए । 

सो क्रममा उनले नेपाल र चीनको सम्बन्ध हिमालयको सभ्यतामा आधारित निकै पुरानो र गहिरो रहेको बताए । उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल-चीन सम्बन्ध थप प्रगाढ भएको उल्लेख गरे ।

पोखरा प्राकृतिक रूपमा आफूलाई निकै सुन्दर लागेको बताएका डान बाले पोखरासँग सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताए । 

नेपालको व्यापार घाटालाई कम गर्नका लागि नेपालकाे तर्फबाट विशेष गरी पोखराबाट निर्यात हुनसक्ने कृषिजन्य उत्पादन चिनियाँ बजारले लिन सक्ने बताए । त्यसको प्राथमिकता निर्धारण गरी सहकार्य गर्न सकिने उनले बताए । यसले नेपाल र चीनका बिचमा व्यापारको नयाँ आयाम थप्ने उनले विश्वास व्यक्त गरे  ।

टोलीमा सि झाङ स्वायत्त जनसरकारका उपसचिव गाओ बाओजुन, ल्हासा भन्सार कार्यालयका कमिसनर वाङ् होनघान, व्यापार विभाग सि झाङ स्वायत्त प्रदेशका उपनिर्देशक योय गाउओई, अन्तर्राष्ट्रिय व्यापार विभाग सि झाङ स्वायत्त प्रदेशका अनुसन्धान अधिकृत गेसाङ लेङ्जिले, अन्तर्राष्ट्रिय सूचना विभाग सि झाङ स्वायत्त प्रदेशका प्रतिनिधि जेन हाईहेङ् लगायतको सहभागिता रहेको थियो । 

पोखरा महानगरपालिकाको तर्फबाट नगर प्रमुख आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, सूचना अधिकारी तथा अधिकृत नवौँ कृष्णप्रसाद तिवारी, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग अधिकृत सुवास ढुङ्गानालगायतको सहभागिता रहेको थियो ।

Previous Post

पोखरा-७ को पदस्थापना अवसरमा मानव सेवा आश्रमलाई सहयोग हस्तान्तरण

Next Post

पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

Next Post

पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन