• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

देवी प्रतिभाको प्रवचनले कोटिहोमका भक्तजन मन्त्रमुग्ध

नीतिप्रेस by नीतिप्रेस
May 27, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा अन्तर्राष्ट्रिय कथा वािचका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर फर्किएकी देवी प्रतिभाको सुमधुर स्वरसँगै भक्तजनको भेट्नेको ताँती नै लागेको छ ।

देवी प्रतिभाले बिहानको समयमा भक्तजनलाइ भेट दिने गरेकी छन् । जसले गर्दा भक्तजनले उनलाई घण्टौँ कुरेर प्रत्यक्षे भेट्ने गरेका छन् । कोटिहोममा जब देवी प्रतिभाकाे प्रवचन सुरु हुन्छ, तब भक्तजन आनन्दित भएर पुरै समय कथा श्रवण गर्ने गरेका छन् । यसैले पनि महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा भक्तजनको उपस्थिति मन लोभ्याउँदो खालको छ ।

सानै उमेरदेखि धार्मिक ग्रन्थको गहिरो ज्ञान राख्ने देवी प्रतिभाले हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै भक्तजनलाई मन्त्रमुग्ध पार्न सफल भएकी छन् । उनका कथा वाचनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौँ भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाएको छ ।

भक्तजनको अपार प्रेमलाई देखेर भारतमा कथा विश्राम गरे व्यासपीठबाट उठेर हजारौँ किलोमिटर यात्रा गरेर विश्राम पनि नगरी सिधा पुन: कथा वाचन गर्न आएको बताउँदै गर्दा भक्तजनलाई भावुक बनाएको थियो ।

‘जुन प्रेमले महाराजश्रीले बोलाउनुभयो मलाई त यस्तो लाग्छ जुन दिन म जाँदै थिएँ, यहाँबाट पूज्य महाराजश्रीले भन्नुभएको थियो कि देवी जी आज यस्तो लागेको छ जस्तो आफ्नो बहिनीलाई बिदाइ गर्दैछु’, उनले भनिन्, ‘त्यो भाव महाराजश्रीको थियो, महाराजश्री बोलाउनुभयो, अनि हजुरहरूले बोलाउनुभयो र म यहाँ आएँ, हजुरहरूको मायाले मलाई यहाँ आउन मजवुद बनायाे ।’

कथा वाचनका क्रममा एक वार जोड से वोल दि जे न, थोडा प्यार से वोल न जी, पोखरावाला वोल दो न भन्ने उनको मधुर स्वरले भक्तजनलाई कोटिहोम आउन बाध्य बनाउने गरेको महायज्ञका सहनिर्देशक युवक लामिछानेले जानकारी दिए ।

उनीसँगै नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासीले जेठ १७ देखि २६ गतेसम्म कथा वाचन गर्ने प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोममा देशविदेशबाट आगमन भएका साधु, सन्त, महन्तले श्रृतीमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् ।

बौद्धिक अनुष्ठान फाउन्डेसन काभ्रे नेपालबाट नारायण प्रपन्न आचार्य, सञ्जय कोइराला, हरि प्रपन्नआचार्य,  शिवदत्त रेग्मी , प्रिया दासीलगायत जनप्रतिनिधि, समाजसेवी उद्योग व्यवसायीले कोटिहोमको दर्शन गरेका थिए ।

कोटिहोममा दुर्गा मन्दिर व्यवस्थापन समिति पोखरा-१७ बाट एक लाख १ हजार ११, याम कुमारी गुरुङ सपरिवार पोखरा-८ बाट ५१  हजार  ५१, महाविष्णु प्रधान पोखरा-१४ बाट २५ हजार २ सय ५२, मातृकेश्वर एकता भवन समूह पोखरा-२५ हेमजाबाट ३० हजार ५, विष्णु भट्टराई पोखरा-५ बाट २५ हजार ५ सय ५५, शिवलाल पराजुली पोखरा-६ बाट २५ हजार ५, खहरे आमा समूह पोखरा-६ बाट २५ हजार ५ सय ५, रानाभाट समाज इकाई सपरिवार पोखरा-१७ बाट २५ हजार ५ सय ५५, चेतनशील पुन महिला समूहबाट ३० हजार ८ सय २५, नमुना आदर्श आमा समूह पोखरा-५ बाट २५ हजार ५ सय ५५, देविस्थान आमा समूह  पोखरा-२५ हेमजा बाट २५ हजार ५ सय ५५, नमुना आदर्श आमा समूह पोखरा कास्कीबाट १५ हजार १ सय १५ रकम सहयोग भएको छ ।

आइतबारदेखि सुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिताले पनि कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीको पनि सहभागिता रहेको छ । कोटिहोममा कास्की विद्यालयका विद्यार्थीको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । 

‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए। प्रतियोगितामा आज ३१ जना प्रतियोगीले आफ्ना भनाइ राखेका थिए ।

 प्रतियोगितामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सहभागिता छ । प्रतियोगितामा भोलि (बुधवार) डा. तारप्रसाद गिरी र डा. तुलसी प्रभासले विद्यार्थीलाई विशेष प्रशिक्षण दिने भएका छन् । निःशुल्क रूपमा हुने प्रशिक्षणमा लाभ लिन विद्यार्थीलाई आग्रह गरिएको छ।

मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथलय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दू धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथलय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।

कोटिहोममा चार सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित एक सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । 

उनका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था छ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

Previous Post

नीति एकेडेमीमा वेव डिजाइन तथा डेभलपमेन्ट तालिम समापन

Next Post

‘काम गर्ने इच्छाशक्ति तीब्र छ तर साधन स्रोत र दक्ष जनशक्ति अभाव छ’

Next Post

‘काम गर्ने इच्छाशक्ति तीब्र छ तर साधन स्रोत र दक्ष जनशक्ति अभाव छ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन