इरान र संयुक्त राज्य अमेरिकाबीचको अन्तरिम आणविक सम्झौता इरानको कार्यसूचीमा नभएको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले बतउनुभएको छ ।
अस्थायी सम्झौता कहिल्यै आफूहरुको कार्यसूचीमा नरहेको र (अप्रत्यक्ष) वार्तामा (यो मुद्दा) नउठाइएको बगाईले बताउनुभ भयो ।
युरेनियम संवद्र्धन इरानको शान्तिपूर्ण आणविक कार्यक्रमको एक अविभाज्य भाग हो ।
इरानले यस सम्बन्धमा कुनै लचिलोपन नदेखाउने बताउनु भयो । यदि संयुक्त राज्य अमेरिकासँग सद्भावना छ भने इरान अप्रत्यक्ष वार्ताको बारेमा उत्साहित हुनेछ । तर यदि संयुक्त राज्य अमेरिकाले इरानलाई आफ्नो अविभाज्य अधिकारबाट वञ्चित गर्न खोज्यो भने इरानले (कूटनीतिक) प्रक्रियाले कुनै परिणाम दिनेछ भन्ने विश्वास नगर्ने उहाँले बताउनु भयो ।
बगाईले इरानी जनताको दैनिक जीवनलाई असर गर्ने इरानमाथिको ताजा अमेरिकी प्रतिवन्धहरूले वार्ताको सम्पूर्ण प्रक्रियालाई हानि पु¥याउन सक्ने बताउनु भयो ।
इरान र संयुक्त राज्य अमेरिकाले तेहरानको आणविक कार्यक्रम र अमेरिकी प्रतिवन्धहरू हटाउने विषयमा अप्रिलदेखि ओमानको मध्यस्थतामा पाँच चरणको अप्रत्यक्ष वार्ता गरेका थिए । जसमध्ये तीन ओमानको मस्कटमा र दुई रोममा भएका थिए ।
अमेरिकी अधिकारीहरूले इरानलाई युरेनियम संवर्धन पूर्ण रूपमा बन्द गर्न बारम्बार माग गरेका छन् ।
जुन अनुरोध तेहरानले दृढतापूर्वक अस्वीकार गरेको छ ।






