• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा र देउखुरीका होटल व्यवसायीबीच अन्तरक्रिया

नीतिप्रेस by नीतिप्रेस
May 28, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले छोटो दुरीमा धेरै पर्यटकीय स्थलको अवलोकन गर्न पाइने र आनन्दको अनुभव गर्न पाइने पोखरा एक अनुपम स्थल रहेको चर्चा गरेका छन् ।

पृथ्वी होटल व्यवसायी समितिले प्राकृतिक ‘पोखरा जाऊँ प्रकृतिसँग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने नारासहित घोराही आइपुगेको टोलीलाई स्वागत गर्दै उनले यस्तो चर्चा गरेका हुन् ।

पर्यकटन क्षेत्र देशको आर्थिक मेरुदण्ड रहेको बताएका उनले पोखरा यसको मुख्य केन्द्र रहेकोमा दुईमत नरहेको धारणा राखे । सरसफाई, व्यवसायिक वातावरण तयार पार्ने कूरामा पोखरा महानगर र व्यवसायीको सहकार्य उदाहरणीय रहेको उनले बताए ।

उनले अहिले सकारात्मक धारणाको कमि रहेको भन्दै सकारात्मका पक्षलाई हेरेर आगडि बढ्नुपर्ने धारण राखे । पर्यटन भनेकै राम्रा कुराको प्रचार गर्ने विषय भएकाले त्यही अनुरुप सकारात्मक भएर अघि बढ्न उनले आग्रह गरे ।

प्रमुख चौधरीले जसले घर बहालमा लगाउँछ उसैले बहाल कर तिर्नुपर्नेमा दुईमत नरहेको उल्लेख गरे । पहिले व्यवसाय राम्रो हुँदा व्यवसायीले घरबहाल तिरे पनि अहिले व्यवसायी समस्यामा रहँदा कानून अनुरुप घरधनीले नै तिर्नुपर्ने उनले प्रष्ट पारे ।

घोराही उपमहानगरपालिका भित्र पनि धेरै पर्यटकीय स्थल रहेका चर्चा गरेका उनले एउटा सडकलाई हप्तामा एक पटक फुड फेष्टिबल मनाउने मोडेलमा जाने सोच बनाएको जानकारी दिए ।

उनले पोखरा आएका पर्यटकलाई दाङ र दाङ आएका पर्यटकलाई पोखरा पठाउने वातावरण बनाउन व्यवसायी व्यवसायीका बीचमा सहकार्य गर्न उनले आग्रह गरे । त्यसका लागि वातावरण बनाउन आफूहरु तयार रहेको उनको भनाई थियो ।

पृथ्वी होटल व्यवसायी समिति अध्यक्ष अम्बिका घिमिरे (अमृत)ले पोखरा महानगरपालिकाले देशकै पर्यटकीय राजधानी पोखरालाई पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिएकाले उत्साहित हुँदै प्रवर्द्धनात्मक कार्यक्रम लिएर आएको जानकारी दिए ।

उनले खाना तथा आवासमा २० प्रतिशत छुट, सहासिक खेल (बञ्जीजम्प, प्याराग्लाइडिङ, जिपफ्लाइङ) मा १० प्रतिशत छुटलागायतका प्याकेज घोषणा गरिएको बताए ।

दाङ देउखुरी होटल व्यवसायी समिति सल्लाहकार ओविन्द्रबहादु महराले पोखरा प्राकृतिकसहित धेरै हिसावले उत्कृष्ठ रहेकाले मौका मिल्नासाथ पोखरा जाउँ जाउँ हुने चर्चा गरेका उनले पोखरामा अब भारतीय र चीनबाट कसरी पर्यटक भित्र्याउन सकिन्छ भनेर बहस चलाउनुपर्ने धारण राखे ।

दाङ देउखुरी होटल व्यवसायी समित अध्यक्ष इश्वरकुमार बुढामगरले पोखरा विश्वकै अग्लो त्रिशुल रहेको र अन्य पर्यटकीय प्रोडक्ट रहेको जानकारी दिए ।

उनले पोखराको व्यवसायीको आगमनले पर्यटन क्षेत्रमा उत्साह छाएको आफूले महसुस गरेको उल्लेख गरे । उनले पोखरा र दाङका व्यवसायी मिलेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

आफूहरुको क्षेत्रमा दर्जनौं जलासय क्षेत्र रहेको बताएका उनले यी जलासयले धेरै नै विकासको आधार खडा गरेको उल्लेख गरे ।

पृथ्वी होटल व्यवसायी समिति निवर्तमान अध्यक्ष बालकृष्ण न्युरेले पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमको बारेमा जानकारी दिए ।

उनले घरधनीले घरबहाल कर तिनुपर्नेमा व्यवसायीले नै घरबहाल कर तिर्नुपरेको र ठाउँ फरक भए पनि व्यवसायीका समस्या भने साझा रहेको उनले बताए ।

कार्यक्रममा दाङ देउखुरी होटल व्यवसायी समिति वरिष्ठ उपाध्यक्ष खड्गसिंह पुनमगर र सचिव श्यामकुमार विकले पनि बोलेका थिए ।

सोमबार बिहान पोखराबाट देशका पश्चिम भागमा आन्तरिक पर्यटक बोलाउन निस्केको टोलीले सोमबार नै लमही होटल व्यसायी समिति र कपिलवस्तुका होटल व्यवसायीसँग छलफल गरेको थियो ।

होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य सुनिता पन्तका अनुसार मंगलबार बिहान देउखुरीका होटल व्यवसायीसँग अन्तरक्रिया गरेको टोली अब कोहलपुर, नेपालगञ्ज, गुलरीय, धनगढी, अत्तरिया, महेन्द्र नगर, चिसापानी र स्वर्गद्वारी पुगरे पोखरा फर्कनेछ ।

Previous Post

जारी आणविक मध्यस्थता प्रयासका बीच इरानी राष्ट्रपति ओमानको भ्रमणमा

Next Post

काबुलमा अफगानिस्तानको औद्योगिक राष्ट्रिय प्रदर्शनी आयोजना

Next Post

काबुलमा अफगानिस्तानको औद्योगिक राष्ट्रिय प्रदर्शनी आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन