• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘जनताको शासन, जनताका लागि, जनताद्वारा चुनेको उन्नत व्यवस्था नै ‘गणतन्त्र’ हो’

नीतिप्रेस by नीतिप्रेस
May 29, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण रहेको बताएका छन्।

१८औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ताे बताएका हुन् । ‘जनताको शासन, जनताका लागि, जनताद्वारा चुनेको उन्नत व्यवस्था नै ‘गणतन्त्र’ हो, यो शासन प्रणालीको परिवर्तनमात्र नभई सोच, चेतना र जिम्मेवारीको एउटा ऐतिहासिक रुपान्तरण पनि हो’, उनले भनेका छन् ।

‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने यात्रामा महत्वपूर्ण पाइला चालेका छौँ, संघ, प्रदेश र स्थानीय  सरकार मिलेर सामाजिक न्याय, समावेशिता, सुशासन, विकास र समृद्धिको दिशामा अघि बढ्ने प्रण गरेका छौँ, प्रदेश स्तरमा पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, रोजगारी, महिला सशक्तीकरणलगायतका क्षेत्रमा महत्वपूर्ण कार्य भइरहेको छ, यी कार्यलाई अझ प्रभावकारी बनाउनु हाम्रो साझा जिम्मेवारी हो’, शुभकामना सन्देशमा प्रदेश प्रमुखले भनेका छन् ।

उनले भने, ‘गणतन्त्रले हामी सबैलाई अधिकार मात्र दिएको छैन, कर्तव्यबोध पनि गराएको छ, जनतामाथि आधारित शासन प्रणालीमा हरेक नागरिकको भूमिका महत्वपूर्ण हुन्छ, देश र प्रदेशको समुन्नतिका लागि हामी सबैको सक्रिय सहभागिता अपरिहार्य छ ।’

लोकतान्त्रिक मूल्य, विधिको शासन, मानव अधिकार, सामाजिक न्याय,सामाजिक समावेशिता र समानताको आदर्शलाई जीवन्त राख्नुपर्नेमा जोड दिँदै प्रदेश प्रमुख भट्टले कुनै पनि विभेद, हिंसा वा असहिष्णुता गणतान्त्रिक मूल्य मान्यताविरुद्ध हुने भएकाले हामीले सहिष्णुता, सहकार्य र संवादलाई सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘गणतन्त्रसँगै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको मार्ग अवलम्बन गरेका छौँ, संघीयता केवल शासन प्रणालीको रूपान्तरण होइन, जनताको अधिकारलाई अझ नजिक पुर्‍याउने, उनीहरूको समस्या स्थानीय स्तरमै समाधान गर्ने माध्यम हो, संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आआफ्ना अधिकार र जिम्मेवारी दिएको छ।’

सबै मिलेर हाम्रो प्रदेश र देशलाई शान्त, समुन्नत र समावेशी बनाउने दिशामा अघि बढ्न उनले आग्रह गरे । उनले ऐतिहासिक दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने शुभेच्छासहित शुभकामना व्यक्त गरे ।

Previous Post

आज राति गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

Next Post

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँः मन्त्री पाण्डे

Next Post

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँः मन्त्री पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन