संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेको बताउनुभएको छ ।
रोल…बिहीवार काठमाडौंमा सगरमाथा दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
उहाँले जलवायु परिवर्तनले सगरमाथा लगायतको हिमश्रृंखला अहिले बिस्तारै पग्लिने हो की, सेता हिमालहरु हिउँ विहीन हुने हो की, सेता हिमालहरु काला हुने हुन् की भन्ने खतरा देखिएको बताउनु भयो ।
उहाँले यसले सगरमाथालाई मात्र नभइ हिमवत खण्ड र यसको असर पहाड हुँदै समुन्द्रसम्म पुग्ने जिकिर गर्नुभयो । उहाँले हिमालको हिउँ पग्लिएपछि त्यसले निम्त्याउने भूक्षय, बाढी, पहिरो हुँदै समुन्द्रसम्म असर पुग्दा पृथ्वीले असन्तुलन सहनुपर्ने खरता रहेको बताउनु भयो ।
सगरमाथा संवादका माध्यमबाट पूरा विश्वलाई जलवायु परिवर्तनमा देखिएका असरहरु र यि असरहरु न्युनिकरण गर्ने उपायका बारेमा गम्भीरतापूर्वक जानकारी गराएको बताउनु भयो ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा जलवायु परिवर्तनका असर सगरमाथा क्षेत्रले, हिमालले भोग्नुपरेका असर, पूरा पृथ्वीले खेप्नुपर्ने प्रभावका बारेमा गरिरहेको बताउनु भयो । हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लाग्नुपर्ने आवश्यकता औंल्याउनु भयो । मन्त्री पाण्डेले भन्नुभयो, ‘जलवायु परिवर्तनले सगरमाथा लगायतको हिमश्रृंखला अहिले बिस्तारै पग्लिने हो की, हाम्रा सेता हिमालहरु हिउँ विहीन हुने हो की, सेता हिमालहरु काला हुने हुन् की भन्ने खतरा देखिएको छ । यसले केवल सगरमाथालाई असर गर्दैन । हिमवत खण्डलाई मात्रै असर गर्दैन । यसको असर पहाड हुँदै यसको असर समुन्द्रसम्म पुग्छ । हिमालको हिउँ पग्लिएपछि त्यसले निम्त्याउने भूक्षय, त्यसले निम्त्याउने बाढी, पहिरो, त्यसको असर समुन्द्रसम्म पुग्दा पूरा पृथ्वीले असन्तुलन सहनुपर्ने हुन्छ । त्यसैले हामीले सगरमाथा संवादका माध्यमबाट पूरा विश्वलाई जलवायु परिवर्तनमा देखिएका असरहरु र यि असरहरु न्युनिकरण गर्ने उपायका बारेमा गम्भीरतापूर्वक छलफल ग¥यौँ । संयुक्त राष्ट्रसंघका महासचिव केही वर्ष पहिला आउनुभएको थियो । उहाँले गम्भीरताका साथ यो विषय उठाउनु भयो । हामीले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा जलवायु परिवर्तनका असर सगरमाथा क्षेत्रले, हिमालले भोग्नुपरेका असर, पूरा पृथ्वीले खेप्नुपर्ने प्रभावका बारेमा चर्चा गरेका छौँ । त्यसमा पनि नेपालले नेतृत्वदायी भुमिका निर्वाह गरेर हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लाग्नुपर्नेछ ।’






