सिरियाको सबैभन्दा ठूलो निर्माण व्यापार मेला, बिल्डेक्सले दमास्कसमा आफ्नो २२ औं संस्करण शुरु गरेको ।
जसले क्षेत्रीय देशहरूको नयाँ चासो आकर्षित गरेको छ ।
आयोजकहरूले सिरियाली अन्तरिम सरकारको अर्थतन्त्र, उद्योग र सार्वजनिक निर्माण र आवास विभागहरूको प्रायोजनमा दमास्कस अन्तर्राष्ट्रिय मेला मैदानमा पाँच दिने प्रदर्शनीमा ७ सय ४० भन्दा बढी स्थानीय र विदेशी कम्पनीहरू भाग लिइरहेका बताएका छन् ।
एक्स्पोका संयोजक मुहम्मद सेउफीले बताएअनुसार प्रदर्शनीमा लगभग ५० साउदी र १२० टर्की फर्महरूसहित ३५० विदेशी कम्पनीहरूले भाग लिएका छन् ।
यस वर्षको संस्करणलाई सिरियाको क्षेत्रीय आर्थिक एकीकरणमा क्रमिक फिर्ताको अंशको रूपमा हेरिएको छ ।
जसमा एक दशकभन्दा बढी समयपछि पहिलो पटक टर्की र साउदी कम्पनीहरूको प्रमुख सहभागिता रहेको छ ।
साउदी अरेबियाको अल–ओजैमी औद्योगिक समूहका व्यापार विकास इन्जिनियर सलेम अल शम्मरीलेसाउदी व्यवसायहरू सिरियामा पुनः लगानी गर्न इच्छुक रहेको बताउनु भयो ।
सिरियाको युद्धपछिको पुनर्लाभमा निर्माण र ऊर्जा क्षेत्रलाई प्रमुख रूपमा हेरिन्छ ।






