• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाकिस्तान राजदूतवासद्धारा आयोजित वक्तृत्वकला प्रतियोगितामा पोखराकी प्राप्ति लम्साल प्रथम

नीतिप्रेस by नीतिप्रेस
May 30, 2025
in कला-साहित्य, बागमती प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा भएको आठौ वार्षिक वक्तृत्वकला प्रतियोगिता पोखराकी प्राप्ति लम्साल प्रथम भएकी छन् ।

पढाइको भविष्यः किताब कि बाइट्स? (द्यययपक यच द्यथतभकस् तजभ ँगतगचभ या ीभबचलष्लन० विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा वन विज्ञान अध्ययन संस्था, पोखराकी छात्रा प्राप्ति लम्सालले उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान प्राप्त गर्न सफल भएकी हुन् ।

उनले नगद ४० हजार , गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।  त्यसैगरी सो प्रतियोगितामा शिवपुरी कलेज काठमाडौंकी रीता काफ्ले दोस्रो र सेंट जेभियर स्कुल जावलाखेलका रितेश देवले तेस्रो स्थान हासिल गरेका छन् ।

विजेताहरूलाई पदक, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। अन्य उत्कृष्ट वक्ताहरूलाई पनि विशेष पुरस्कार वितरण गरिएको थियो ।  उनीहरुले क्रमश नगद तीस हजार, बीस हजार प्राप्त गरेका छन् ।
दुतावासले “कृत्रिम बुद्धिमत्ता र मानव जातिको भविष्य” विषयक १२ औं निवन्ध प्रतियोगिता पनि सम्पन्न गरेको थियो ।

निवन्ध प्रतियोगितामा विवेक निकेतन सेकेन्डरी स्कुलल काठमाडौंका प्रतिक पोखरेल प्रथम, सोही विद्यालयका आयुष शाह दोस्रो र सेन्ट जोसेफ इलिंस एकेडेमीका सन्जोक मगरले तेस्रो स्थान हासिल गरि स्वर्ण रजत र कास्य पदक सहित नगद पुरस्कार प्राप्त गरेका थिए ।

साथै अन्य उत्कृष्ट १० लाइ पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।
दुई सातासम्म चरणबद्ध रूपमा सञ्चालन भई बुधबार एक विशेष समारोहबीच समापन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि मधेसी आयोग नेपालका संस्थापक प्रमुख आयुक्त डा. विजय कुमार दत्तले पाकिस्तानको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा भइरहेको सहयोगको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले नेपाल–पाकिस्तानबीचको सम्बन्ध बलियो बनाउन योगदान पु¥याउने बताए ।


नेपालका लागि पाकिस्तानका राजदूत अब्दुल्ला हारुन अल हाश्मीले युवा विद्यार्थीहरूमा समसामयिक विषयमा चिन्तन गर्ने क्षमता विकास गर्न यस्ता प्रतियोगिता महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

विगत १२ वर्ष र ८ वर्ष देखि संचालित यस्ता प्रतियोगिताहरू नेपाली युवामाझ लोकप्रिय बन्दै गएको उनको भनाइ थियो ।  देशभरका विद्यालय तथा विश्वविद्यालयबाट सहभागिता जनाउँदै आएका विद्यार्थीहरूद्वारा यस्ता प्रतिस्पर्धाले दुई देशबीचको सांस्कृतिक र शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । 

Previous Post

सरकारद्वारा १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट पेस [पूर्णपाठ]

Next Post

न्यूरोड रोटरीद्वारा पोखराको उल्लेरीका ५० घरपरिवारलाई विद्युतीय चुल्हो सहयोग

Next Post

न्यूरोड रोटरीद्वारा पोखराको उल्लेरीका ५० घरपरिवारलाई विद्युतीय चुल्हो सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन