• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

फेवातालको सिमाङ्कन शुरुआत

नीतिप्रेस by नीतिप्रेस
May 31, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
फेवातालको सिमाङ्कन शुरुआत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरास्थित फेवातालको सिमाना (तालघर) मा सीमा स्तम्भ राख्न शुरुआत गरिएको छ । फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले शनिबार तीनै तहका सरकारका प्रतिनिधि र सरोकारवालाको उपस्थितिमा सीमा स्तम्भ राख्न शुरुआत गरिएको हो ।

समिति संयोजक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखर महानगरपालिका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा सीमा स्तम्भ राखेर सिमाङ्कन कार्य शुरुआत गरेका हुन् ।

यो कार्यले फेवातालको अतिक्रमण रोक्न र यसको वास्तविक स्वरूप कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

तालको चारैतर्फ एक हजार ५५ वटा सीमा स्तम्भ राखिने बताइएको छ । फैसला कार्यान्वयनका लागि बाँकी काम क्रमशः गर्दै जाने योजना छ ।

फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्थाबारे विवरण यकिन गरिएका छन् ।

फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डीजीपीएस प्रविधि र ड्रोन सर्वेमार्फत डिटेल सर्वेक्षण सम्पन्न गरेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दु कायम गरी ४० सेमी उचाइका २९ पिल्लर जमिनमुनि गाडिएका छन् । यसको आधारमा नौ हजार नियन्त्रण बिन्दु कायम गरिएका नगर प्रमुख आचार्यले बताए ।

सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साको अध्ययन पश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४ दशमलव ९५ मिटर कायम गरिएको आचार्यले बताए ।

उक्त विन्दुलाई हाई फ्लोड लेभल आधार मान्दा तालको ताल घर ६दशमलव३४३ वर्ग किदशमलवमी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउने उनले बताए ।

सर्वोच्च अदालतले तोकेको ६५ मिटर समेतको कुल क्षेत्रफल ७दशमलव६१६ वर्ग किदशमलवमी (१४ हजार ९ सय ७० रोपनी ५ आना २ दाम) कायम हुने आचार्यको भनाई छ ।

सर्वेक्षण सम्पन्न पश्चात् तिनै तहका सरकारको समन्वयमा कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र यस अघिल्लो अध्ययन प्रतिवेदन कार्यदलका संयोजक पुण्यप्रसाद पौडेल र विश्वप्रकाश लामिछाने समेतसँग छलफल गरिएको समितिले बताएको छ ।

अब दोस्रो चरणमा ताल घरमा पर्ने जग्गाको अवस्था अध्ययन गरी मुआब्जा दिनपर्ने वा नपर्ने, दूषित दर्ता, ३१ साल अघि/पछिको दर्ता, भौतिक संरचनाको अवस्थालगायतको यकिन गरिनेछ ।

त्यसपछि ६५ मिटर भित्रको क्षेत्रमा पर्ने जग्गाको अवस्था अध्ययन तथा मुआब्जा दिनपर्ने वा नपर्ने, दूषित दर्ता, ३१ साल अघि/पछिको दर्ता, भौतिक संरचनाको अवस्थालगायतको यकिन गरिने समितिले जनाएको छ ।

सर्वोच्च अदालतले पछिल्लो पटक मिति २०८० असार ४ मा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा तालको यथार्थ अवस्थाको अध्ययन गरी पानीको उच्चतम् विन्दुबाट ६५ मिटरको मध्यवर्ती क्षेत्र घोषणा गरी पूर्ण रूपले हरियाली प्रवर्द्धन गर्नु गराउनु भनी उत्प्रेषणयुक्त परमादेश दिएको थियो ।

फेवातालका सम्बन्धमा हालसम्म १३ वटा अध्ययन प्रतिवेदन तयार भएका अभिलेख पाइन्छ ।

Previous Post

अन्नपूर्ण गाउँपालिकामा जेठ २० गते सार्वजनिक बिदा

Next Post

आमोर बालगृहलाई राष्ट्रिय संगीतकर्मी संघद्वारा सहयोग

Next Post
आमोर बालगृहलाई राष्ट्रिय संगीतकर्मी संघद्वारा सहयोग

आमोर बालगृहलाई राष्ट्रिय संगीतकर्मी संघद्वारा सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन