• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

यातायात व्यवसायीको आन्दोलन जारी, यातायात सञ्चालन ठप्प

नीतिप्रेस by नीतिप्रेस
June 1, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन चार दिनदेखि ठप्प छ । राइड सेयरिङलाई मान्यता दिनेगरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीले आफ्ना सवारी साधन घरमै थन्क्याएर आन्दोलन गरेका हुन् ।

गण्डकी प्रदेशभरि कतै पनि सवारी सञ्चालन नभएको र भोलिदेखि देशैभर सवारी नचल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदारप्रसाद पौडेलले जानकारी दिए । गण्डकीबाट कुनै पनि सार्वजनिक सवारी बाहिरिन र भित्रिन नपाउने उनले बताए ।

सार्वजनिक यातायात बचाउ संघर्ष समितिले तीन बुँदे माग अघि सारेर आन्दोलन गरिएको समिति प्रवक्ता याेगेन्द्र बहादुर केसीले जानकारी दिए ।

व्यवसायीका तीन बुँदे मागमा सरकारले ल्याएको नियमावली पूर्णरूपमा खारेज हुनुपर्ने, सार्वजनिक सवारी संचालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने छ ।

गण्डकी प्रदेश सरकारले गत जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।

यसैबीच पोखराको पृथ्वीचोकमा अलपत्र परेका करिब नौ सय जना यात्रुलाई सशस्त्र प्रहरीको स्कर्टिङमा काठमाडौं पठाइएको छ । शनिबार साँझ ६ बजे १९ वटा बसमा स्कर्टिङसहित काठमाडौं पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले कास्की जिल्लाको कोत्रेसम्म स्कर्टिङ गरेको थियो । त्यहाँबाट तनहुँस्थित सशस्त्र प्रहरी बल नं २३ मनकामना गणले स्थानीय प्रहरीको सहयोगमा यात्रुलाई मुग्लिनसम्म स्कर्टिङ गरेको थियो ।

Previous Post

आज सूर्यदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

Next Post

आज बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Next Post

आज बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन