पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा ‘हिलप्वाइन्ट फन फिस्ट २०८२’ हुने भएको छ ।
कार्यक्रम यही जेठ २४ गते विद्यालयमै हुने बताइन्छ ।
कार्यक्रममा हास्य कलाकार एवं उत्प्रेरक वक्ता सन्दिप क्षेत्री र एकल कलाकार सम्राग कार्की सहभागी भएर आआफ्ना प्रस्तुति राख्दैछन् ।
सो अवसरमा विद्यार्थीले विभिन्न रमाइलो कार्यक्रम, नृत्य, लाइभ म्युजिक तथा हास्य प्रहसन कार्यक्रम प्रस्तुत गर्नेछन् भने फुड फेस्टिभलसमेत हुने विद्यालयका सहायक प्राचार्य गंगाराम पौडेलले जानकारी दिए ।
विद्यालयले गत वर्ष फुड फेस्टिभल आयोजना गरेको थियो ।
२०३८ सालमा स्थापित विद्यालयमा हाल आठ सय ५० विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा कक्षा १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्टको पढाई हुँदै आएको छ ।






