पोखरा । पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको अन्तरसहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि सजिलो बचत तथा ऋण सहकारी संस्थाले जितेको छ ।
प्रतियोगिताको फाइनलमा आयोजक हाम्रो सहयोगी सहकारीलाई ४-३ गोल अन्तरले पराजित गर्दै सजिलो सहकारीले उपाधि जितेको हो ।
सजिलोका तर्फबाट अशोक बानियाँ, रेशम बानियाँ र अनिल बस्नेतले एक,एक गोल गरेका थिए भने एक गोल आत्मघाती भएको थियो । यस्तै उपविजेता सहयोगी सहकारीका तर्फबाट जीवन अधिकारी, श्रीजन श्रेष्ठ, जोगेन्द्र रानाले गोल गरेका थिए ।

यसअघि सेमिफाइनलमा सजिलो सहकारीले मनषा बहुउद्देश्यीय सहकारीलाई र हाम्रो सहयोगी सहकारीले हाम्रो बहुउद्देश्यीय सहकारीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।
हाम्रो सहयोगी सहकारीले १६औँ स्थापना दिवसको अवसर पारेर अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गरेका थिए । विजेता तथा उपविजेता टिम तथा खेलाडीलाई यही जेठ २० गते हुने वार्षिकोत्सव कार्यक्रममा पुरस्कृत गरिने संस्थाका सचिव मनोज विश्वकर्माले जानकारी दिए ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष किसान सुनारले रेफ्री दीपेश रानाभाटलाई बल हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमको संयोजन कोषाध्यक्ष
वार्षिकोत्सवका अवसरमा सहकारीले खुला रक्तदान, निःशुल्क रगत परीक्षण, स्कीन टेष्टलगायतका कार्यक्रम आयोजना गरेको व्यवस्थापक जीवन अधिकारीले जानकारी दिए ।
कुल आठ करोड शेयर पुँजी रहेको सहकारीले चाउथेकमा पनि सेवाकेन्द्र सञ्चालन गरेको छ । सहकारीका हाल एक हजार तीन सय ६४ जना शेयर सदस्य छन् ।






