• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

युआरएलद्वारा सात सय जनाको निःशुल्क मधुमेह र थाइराइड जाँच

नीतिप्रेस by नीतिप्रेस
June 2, 2025
in समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्की र तनहुँका तीन स्थानमा भएका तीन स्वास्थ्य शिविरमा सात सय जनाको सित्तैमा जाँच गरिएको छ ।

गण्डकी प्रदेशकै पाहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा ती शिविर भएका हुन् ।

बिहीबार पोखरा-२२ मा भएको शिविरमा मधुमेह र थाइराइडसम्बन्धी जाँच सित्तैमा गरिएको थियो । पोखरा लेडी जेसिजको आयोजनामा भएको कार्यक्रममको व्यवस्थापन सन्तान आइभिएफ महेन्द्रपुलले गरेको थियो ।

कार्यक्रममा पोखरा-२२ का वडाध्यक्ष हिमलाल बरालले स्थानीयको टोल, टोलमै विशेषज्ञसहितको गुणस्तरीय सेवा र सचेतना उपलब्ध हुँदा स्वास्थ्य सेवाको उपलब्धतामा सहज हुने बताए ।

तीन सय जनाको सित्तैमा जाँच गरिएको कार्यक्रममा रेडियोलोजी सेवासहित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले पनि सेवा दिएका थिए ।

कार्यक्रममा सन्तान आइभिएफका प्रबन्ध निर्देशक नीलकण्ठ पराजुलीले पछिल्लो समय बढेको बाँझोपनको निदान र सन्तान प्राप्तिका अरु उपाय पनि रहेको औंल्याए ।

उनले यो प्रविधि केही महंगो रहेको जनाउँदै उनले विपन्न नागरिकलाई वडा कार्यालयको सिफारिसमा शतप्रतिशतसम्म शुल्कमा छुट दिइने प्रष्ट पारे । पोखरा लेडी जेसिसकी अध्यक्ष गीता ढुंगानाले समेत बोलेकी थिइन् ।

शुक्रबार ज्योति कुञ्ज सेकेन्डरी स्कुल पोखरा-१० रामबजारको आयोजनामा नि:शुल्क शिविर आयोजना गरियो । विद्यालयको ३६औं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा एक सय ७० जनाको मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको थियो ।

विद्यालयका संस्थापक अध्यक्ष बालाकृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले युआरएलले सेवासँगसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै आएको जनाए ।

उनले भने, ‘सेवासँगै सामाजिक उत्तरदायित्व बहनमा पनि हामीअघि छौँ, नागरिक, स्वास्थ्यकर्मी र समाजको विश्वास र साथ पनि पाएका छौँ ।’

शनिबार तनहुँको सेवा हस्पिटल दुलेगौंडाको आयोजनामा अर्काे शिविर भएको छ । यो शिविरमा तीन सय ११ जनाको मधुमेह र थाइराइडसम्बन्धी जाँच सित्तैमा गरिएको थियो ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले खानपान र जीवनशैलीकै कारण धेरै रोग लाग्ने भएकाले त्यसमा ध्यान पुर्‍याउन आग्रह गरे ।

उनले भने, ‘समाजमा अनेक भ्रम पनि छन्, ती भ्रमको पछि नलागी बेलाबेलामा स्वास्थ्य जाँच, उचित उपचार र खानपान अवलम्बन गरे दीर्घजीवन सम्भव हुन्छ ।’

कार्यक्रमा युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले सर्वाेत्कृष्ट प्रविधिसँगै दक्ष जनशक्ति र गुणस्तरीय सेवाका कारण युआरएल यो क्षेत्रको अग्रणी ल्याब बनेको बताए ।

तनहुँको सेवा हस्पिटलका अध्यक्ष हरि खड्काको अध्यक्षतामा भएको कार्यक्रममा युआरएलका मार्केटिङ निर्देशक मणि न्यौपानेलगायतले बोलेका थिए ।

युआरएलले विभिन्न संघसंस्थासँगको सहकार्यमा अहिलेसम्म एक सय ९९ शिविर आयोजना गरिसकेको छ ।

Previous Post

क्रिकेटमा अम्मरसिंह माविलाई दोहोरो उपाधि

Next Post

आज श्रीगणेशको प्रिय दिन, लाभ र अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

आज श्रीगणेशको प्रिय दिन, लाभ र अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन