पोखरा । नेपाली बजारमा आज सुन र चाँदीको भाउ ह्वात्तै बढेको छ । सुनको भाउ आज सोमबार एकै दिन तोलामा दुई हजार नौ सय रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन आइतबार प्रतितोला एक लाख ८९ हजार आठ सय रुपैयाँ रहेको थियो ।
यता, आज पोखरामा छापावाला सुन प्रतितोला एक लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
आज असली चाँदी पनि तोलामा ५५ रुपैयाँ वृद्धि भई प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
पोखरामा चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।






