• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज पनि यात्रुलाई सास्ती, पोखराबाट २४ वटा गाडी काठमाडौं र चितवन पठाइयो

नीतिप्रेस by नीतिप्रेस
June 3, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । यातायात व्यवसायीले गएराति सरकारसँग छ बुँदे सहमति गरेर आन्दोलन नरोक्दा आज पनि यात्रु सास्ती खेप्न बाध्य भएका छन् । आज पनि बिहानैदेखि देशभर यातायातका साधन नचल्दा गन्तव्यमा जान निस्किएका यात्रु मारमा परेका छन् ।

गण्डकी प्रदेशमा जेठ १६ गतेदेखि नै अलपत्र परेका यात्रु पनि सवारी साधनको प्रतीक्षामा रहेका छन् । कतिपय पैदलै हिँडेर गन्तव्यमा गइरहेको देखिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज पनि पोखरामा अलपत्र परेका करिब सात सय ४३ यात्रुलाई स्कर्टिङ गरी गन्तव्यतर्फ पठाइएको छ ।

पोखरास्थित पर्यटक बसपार्कबाट काठमाडाँैका लागि २१ वटा सवारी साधन र नारायणगढका लागि तीन वटा सवारी साधनलाई प्रहरी स्कटिङसहित गन्तव्यतर्फ पठाइएको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका डीएसपी हरिबहादुर बस्नेत र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिकाबाट सशस्त्र प्रहरी निरीक्षक रमेश कंडेलको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले आवश्यक पहल गरी पोखरा २४ वटा गाडीमार्फत यात्रुलाई गन्तव्यतर्फ पठाइएको हो ।

यसरी सार्वजनिक यातायातका साधन नचलेपछि ‘राइड सेयरिङ’ प्रयोग गर्नुपर्ने बाध्यता यात्रुहरुमा रहेको छ । उनीहरुले चर्काे भाडा असुलेको गुनासो आइरहेको छ । उनीहरुले रु २५० लाग्ने ठाउँमा रु ४०० सम्म लिइरहेको यात्रुहरुले गुनासो गरेका छन् ।

यातायात नचल्दा त्यसअघि विभिन्न क्षेत्रमा पुगेका सर्वसाधारण नागरिकलाई फर्कन सास्ती भएको छ । उनीहरु लामो दूरीका सवारीसाधनको प्रतीक्षामा रहेका छन् ।

गएराति भएको सहमतिको मुख्य बुँदा गण्डकी प्रदेशले निजी सवारी साधन (रातो नम्बर प्लेटका)लाई यात्रु बोक्न दिने गरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावली, यससम्बन्धी संघीय कानुन तर्जुमाको क्रममा रहेकाले सो कार्यान्वयनमा नआउँदासम्म सम्बन्धित प्रदेशको राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत अनुरोध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने रहेको छ ।

यसका साथै सहमतिपत्रमा यातायातसम्बन्धी सर्वोच्च अदालतको परमादेश कार्यान्वयन, सार्वजनिक यातायात सुधार सुझाव सिफारिस कार्यदल गठन गर्ने, ऐन, कानुन, नियम र निर्देशिकाहरूमा यातायात व्यवसायी तथा यातायात मजदुरहरुका मागलाई सम्बोधन गर्ने, स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमतासम्बन्धी नियम कानुन कार्यान्वयन, विदेशी सवारी साधनलाई भन्सार नाकामै पाइराखेको ७२ घन्टे सुविधा सम्बन्धमा सुझाव पेस गर्ने, सार्वजनिक सवारी साधनको आयु सम्बन्धमा सर्वोच्चको परमादेशको यथाशीघ्र कार्यान्वयनलगायतका विषय रहेको छ ।

यातायात व्यवसायीले सबै विषयमा सहमति जनाएर पनि बुँदा नम्बर १ को विषय पूर्ण कार्यान्वयन नभएसम्म आन्दोलन भने स्थगित नगर्ने अडान कायम राखेका छन् । सोही कारण आज पनि देशभर यातायातका साधन सञ्चालन भएका छैनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा वार्ता टोली सदस्य सरोज सिटौलाले गण्डकी प्रदेश सरकारबाट निजी सवारी साधन (रातो नम्बर प्लेटका)लाई यात्रु बोक्न दिने गरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावलीको उक्त बुँदा हटाएको निर्णयको प्रतिक्षामा रहेको र सो निर्णय आउने बित्तिकै आन्दोलन स्थगित हुने बताए ।

गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए ।

सोमबार सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन गरेको आठ सदस्यीय सरकारी वार्ता टोली र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा नौ सदस्यीय टोलीबीच राती ११ बजेसम्म छलफल गरी उक्त सहमति गरेको हो ।

यता सरकारले भने सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको र समस्या समाधान हुने जानकारी गराएको छ । सरकारी वार्ता टोलीका संयोजक पन्थले छिट्टै निकास निस्किने विश्वास व्यक्त गरेका छन् ।

Previous Post

आज ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Next Post

पोखराका पत्रकार रोहितराज पराजुली पुरस्कृत

Next Post

पोखराका पत्रकार रोहितराज पराजुली पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन