पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ ।
बुधबार दिउँसो बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रम संसद्बाट पारित भएपछि असार १ मा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ ।
सरकारले नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई बढी जोड दिएको छ भने सुशासनलाई प्राथमिकता दिइएको छ ।
मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोशिप कार्यक्रममार्फत प्रतिभाशाली युवाहरूलाई नीति निर्माण र कार्यान्वयनमा संलग्न गराइने नीति तथा कार्यक्रममा समावे छ ।
यस्तै, युवा र विद्यार्थीलाई प्रविधिमा दक्ष बनाउन डिजिटल गण्डकी प्रदेश कार्यक्रमबाट अघि सारिएको छ ।
यस्तै सरकारले राइड सेयरिङलाई लागू गर्ने प्रतिवद्धता जनाएको छ । यस विषयमा सरकारले यसअघि गरेको निर्णय हालका लागि स्थगित गरिएको छ ।
यो नियमावलीलाई आगमी आर्थिक वर्ष थप नियमन र व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा ल्याएको हो ।
साथै प्रदेश सरकारले समावेशी विकास, संघीयताको संस्थागत मजबुतीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रणालीगत सुधारमा पनि जोड दिएको छ।
यस्तो छ गण्डकीको नीति तथा कार्यक्रमको पूर्णपाठ






