पोखरा । पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताअन्तर्गत भलिबल प्रतियोगितामा प्रथम भएको छ ।
पोखरा युनाइटेड सेमिफाइनलमा पोखराको हेमजास्थित गौरीशंकर माविलाई सोझो दुई सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो ।
फाइनलमा युनिभर्स एकेडेमी खेलमा सहभागी नभएपछि पोखरा युनाइटेडलाई विजेता घोषणा गरिएको हो ।
पोखरा युनाइटेडबाट तुलसी रसाइली, निर्मल हार्मेन, एलिश गौचन, हिक्मत विक, विशाल थापा, सुम्रिम भुजेल खेलमा सहभागी थिए ।
पोखरा युनाइटेडका तुलसी रसाइली र सुप्रिम भुजेल जिल्ला स्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् ।
प्रतियोगितामा २२ टिम सहभागी थिए ।






