• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘विकासशील राष्ट्रमा नेपालको स्तरोन्नति महत्वपूर्ण अवसर’

नीतिप्रेस by नीतिप्रेस
June 6, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिलाई महत्वपूर्ण अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रमा सूचीकृत हुँदै गर्दा गण्डकी प्रदेशमा आयोजित ‘स्तरोन्नतिको अवधारणा, आगामी कार्यदिशा, अवसर, चुनौती, रणनीतिक कार्ययोजना र सरोकारवालाको भूमिका विषयक’ अन्तरक्रियात्मक कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

उनले भने, ‘अब विश्व मानचित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचिकृत गर्न नेपाल अघि बढेको छ, यो अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उँचो बनाउने महत्वपूर्ण अवसर हो ।’

उनले भने, ‘अब नेपालका लागि नयाँ अवसरहरु सिर्जना हुनेछ, देशको अन्तर्राष्ट्रिय छवि सुधार हुने र सहज रुपमा विदेशी लगानी आकर्षित गर्न सकिनेछ ।’

औद्योगिक प्रगति तथा व्यापारिक लाभको उचित वातावरण सिर्जना हुने भन्दै प्रदेश प्रमुख भट्टले स्तरोन्नतिपछि नेपालमा विकास तथा व्यावसायिक लगानीमा सुदृढ पहुँच, नयाँ व्यापार र आर्थिक साझेदारीको विकासमा योगदान, दिगो विकास, राष्ट्रिय छवि निर्माण, विश्वसनियतामा वृद्धि लगायतका प्रभाव पर्ने उल्लेख गरे ।

‘विकासशील राष्ट्रमा स्तरोन्नतिसँगै त्यसपछिका चुनौतीबारे पनि छलफल भइरहेको अवस्था छ, नेपाल सरकारले मुलुकलाई विकासशील राष्ट्रका रुपमा उभ्याउन दिगो विकास लक्ष्यका निर्धारित पक्षलाई कार्यान्वयन गरिरहेको छ’, उनले भने ।

अन्य राष्ट्र एलडीसीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदाका परिवर्तनबारे गहिरो ढंगले अध्ययन भइरहेको उल्लेख गर्दै उनले अझै १८ महिना बाँकी रहेको अवस्थामा त्यसपछि आउने समस्या र चुनौतीको व्यवस्थापनका लागि यस्ता अन्तक्र्रियात्मक छलफल प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

सन् २०२१ को अन्तमा नै नेपाललाई संयुक्त राष्ट्रसंघको महासभाले आगामी सन् २०२६ नोभेम्वर सम्ममा अल्पविकसित राष्ट्र (एलडीसी) बाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरिसकेको छ ।

राष्ट्रियसभाले उपसमिति बनाएर तयारीलाई तीब्र बनाएको छ । तीन महिना अघिमात्रै विकास आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दीगो विकास उपसमितिले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन २०८१ लाई समितिमा पास गरी मूल समितिलाई बुझाएको छ ।

अर्थ मन्त्रालयले पनि नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि गर्नुपर्ने तयारीका कार्यहरूबारे गृहकार्य सुरु गरिसकेको छ ।

सन् १९७१ बाट एलडीसीको सूचीमा रहेको नेपाल यसअघि नै विकासशील राष्ट्रको सूचीमा रहन योग्य थियो ।

प्रतिव्यक्ति आय, मानव सम्पति सूचकांक र आर्थिक तथा पर्यावरणीय जोखिम सूचक अंकको मापदण्डमध्ये नेपालले दुई मापदण्ड पहिल्यै पूरा गरेको हो ।

पहिल्यै स्तरोन्नतिको मापदण्ड पूरा गरे पनि नेपालले महाभूकम्प र कोभिडका कारण अर्थतन्त्रमा गम्भीर चुनौती सामना गर्नुपरेको हुँदा नेपालकै अनुरोधमा प्रक्रियालाई थाँती राखिएको थियो ।

Previous Post

पोखरा आउँदै गरेको ट्रकमा स्कुटर ठोक्किँदा एक युवतीको मृत्यु

Next Post

न्यू ग्यालेक्सी स्कुलले सातौँ एसइई बास्केटवल प्रतियोगिता आयोजना गर्ने

Next Post

न्यू ग्यालेक्सी स्कुलले सातौँ एसइई बास्केटवल प्रतियोगिता आयोजना गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन