झापा । झापामा पोखरीमा डुबेर आज बिहानै दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमना १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काका अनुसार अर्जुनधारा नगरपालिका वडा नं ११ स्थित नमूना सामुदायिक वनभित्रको पोखरीमा ती बालकहरु डुबेका हुन् । प्रहरीका अनुसार उनीहरुको घर तेह्रथुम भएको र झापा पाहुनाका रुपमा आएका थिए ।
दुवै बालक आज बिहान ८ बजे पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीयले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटल पु¥याएका थिए ।
हस्पिटलका चिकित्सकले दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेका थिए । उनीहरुको अस्पतालमै राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






