• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कोटीहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगितामा हेमजा हावी

नीतिप्रेस by नीतिप्रेस
June 8, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रिय भजन प्रतियोगितामा पोखरा-२५ हेमजास्थित देवीस्थान भजन समूह प्रथम भएको छ । योसँगै देवीस्थानले तीन लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै पोखरा-२५ हेमजाकै माछापुच्छ्रे सेवा समाज द्वितीय हुँदै दुई लाख ५५ हजार पाँच सय ५५, पोखरा १७ स्थित बालन एवं कला संस्कृति संरक्षण प्रतिष्ठान तृतीय हुँदै एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, रुपन्देही सैनमैनाको राधाकृष्ण भजन समूह र भद्रकाली खैँजडी भजन समूहले सान्त्वना स्थान हासिल गर्दै ६५/६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यता, पाल्पा रामपुरको धर्मोदय दश अवतार भजन समूहको उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घको उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा-२५ हेमजाको उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङको उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतलीबजारको उत्कृष्ट प्रस्तुति घोषित भएको छ ।

यस्तै, राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासी उत्कृष्ट पुरुष स्वर, सिर्जना भजन समूह माथागडी पाल्पा उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा-१४ खाल्टेमसिना अनुशासित, ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरी उत्कृष्ट भेषभूषा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाज उत्कृष्ट वाध्ययन्त्र, ओमकारेश्वर भजन समूह तार्केश्वर काठमाडौँ वैदिक सनातन प्रस्तुति, सनातन बाल समूह नवलपुर गैँडाकोट उत्कृष्ट बाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोट उत्कृष्ट सन्देशमूलक प्रस्तुतिमा घोषित भए ।

विजयी समूहलाई यही जेठ ३० गते शुक्रबार पुरस्कार वितरण गरिने प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा अन्य विधाबाट विजयी समूहले २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कार पाउनेछन् । कुल तीन सय पाँच समूहले नाम दर्ता गराएकोमा दुई सय ५६ समूहले प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगिताको निर्णायकमा पुरुषोत्तम न्यौपाने, रीता थापा, सुरेश अधिकारी, सरला पाण्डे, नवराज बराल, विश्वमाया पौडेल थिए ।

Previous Post

पोखराको भण्डारढिकमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Next Post

कोटीहोममा जग्गा र रकम दान गर्नेको ओइरो

Next Post

कोटीहोममा जग्गा र रकम दान गर्नेको ओइरो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन