पाेखरा । अन्तर्राष्ट्रिय बजारमा गत मङ्गलबारदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले बढोत्तरी भएको छ।
जसको प्रभाव स्वरूप स्थानीय बजारमा आज सुनको भाउ तोलामा ४ हजार २०० रुपैयाँले बढेको छ। चाँदीको मूल्यमा पनि प्रति तोला १५ रुपैयाँले बढोत्तरी भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मोल १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, एक तोला चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ।
गत मङ्गलबार एक तोला सुन १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो भने सोही परिमाणको चाँदी २ हजार १६५ रुपैयाँमा स्थिर थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, आज एक औँस सुन ३ हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
मूल्यमा आएको यो ठूलो वृद्धिलाई लिएर उपभोक्ता तथा व्यवसायीहरूमा चासो बढेको छ।






