पोखरा । पोखरा महानगरपालिका वडा नं ६ द्वारा आयोजित १५ दिने झोला बनाउने तालिम सकिएको छ ।
तालिममा सहभागी २१ जनालाई विधाता हस्तकला उद्योग तथा प्राविधिक तालिम केन्द्रका प्रमुख प्रशिक्षक सविता श्रेष्ठ, धनमाया रोका र रुद्रकुमनारी पुनले तालिम दिएकी थिइन् ।
समापन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरस्वती श्रेष्ठले तालिमले अर्थोपार्जनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गरिन् ।
कार्यक्रममा कृषि सञ्जालका वृन्दा धरेल, सामुदायिक सेवा केन्द्रका ठाकुर बराल, नेवा मिसा पुचः का ईन्द्रा श्रेष्ठ, देवीस्थान मल छोपुवा आमा समूहकी विष्णुमाया नेपाली, ताल बाराही आमा समूहका काली परियार, जलारी दिदीबहिनी समूहका मीना जलारी, नवोदित आमा समूहका लीला सुनार, प्रशिक्षक सविता श्रेष्ठलगायतले बोलेका थिए ।
वडा सदस्य बासुदेव बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य शोभा जलारीले स्वागत तथा वडाका कर्मचारीहरु सरस्वती अधिकारी र अनिता गुरुङले गरेका थिए ।






