• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

क्यूएए प्रमाणपत्र पाएको पोखरा बहुमुखी क्याम्पसले मनायो विजयउत्सव

नीतिप्रेस by नीतिप्रेस
June 15, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरीय सुनिश्चतता (क्यूएए) प्रमाणपत्र प्राप्त भएको पोखरा बहुमुखी क्याम्पसले शनिबार विशेष कार्यक्रमसहित विजय उत्सव मनाएको छ ।

उत्सवमा क्याम्पसले प्रभातफेरि समेत आयोजना गरेको थियो । क्याम्पसलाई सघाउँदै आएका सामाजिक व्यक्तित्व, सरोेकारवाला, चन्दादाता, अक्षयकोष संस्थापक, विद्यार्थीसमेत करिब पाँच सय जनाको सहभागितामा प्रभातफेरी गरिएको थियो ।

नेपाली पञ्चेबाजासहितको प्रभातफेरि क्याम्पस प्राङ्गणबाट शुरु भई प्रदर्शनी मार्ग, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंङ्गा, न्यूरोड, पृथ्वीचोक हुँदै क्याम्पसमा पुगेर धन्यवाद समारोहमा परिणत भएको थियो ।

समारोहमा पोखरा महानगरपालिकाका मेयेर धनराज आचार्यले क्याम्पसलाई एक गुणस्तरीय शैक्षिक संस्थाका रुपमा उभ्याउन गरिइका संघर्ष र एक सामाजिक व्यक्तिकाे हैषियतले आँफू पनि सहभागी भएका क्षणहरु स्मरण गरे । उनले क्याम्पसको गुणस्तरलाई ढल्पलाउन नदिन आग्रह गर्दैै आगामी दिनमा हरदम सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भागवत भाष्कर पं कमलनयन गौतमले सामुदायिक क्याम्पसलाई विद्यार्थीको पहिलो रोजाई बनाउन सबै मिलेर लागि पर्नुपर्ने बताए । उनले क्याम्पसलाई सहयोग गर्न आफूू सदैव तत्पर रहने बताए ।

क्याम्पस संस्थापक सदस्य आनन्दराज मुल्मीले विद्यार्थी तथा नयाँ युगका युवापुस्ताको चाहना र बजारको माग अनुरुपका शैक्षिक कार्यक्रम संचालन गरी गुणस्तरियता कायम राख्ने दिशामा अघि बढ्न सुझाव दिए ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले विद्यार्थी, कर्मचारी, शिक्षकलगायत समुदाय र सरोकारवालाको प्रेरणा र हौसलाप्रति आफू सदैव ऋणि रहने बताए ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीले क्याम्पसले प्राप्त गरेको हौसलालाई जतन गर्दै सम्पूर्ण अभिभावकको क्याम्पसप्रतिको आशा भरोसा सदैव सम्बोधन गर्ने प्रतिवद्धता जनाइन् ।

कर्यक्रममा क्याम्पस संचालन समिति उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पस गुणस्तर सुनिश्चित समिति संयोजक महेन्द्र रिमाल, त्रिभुवन विश्वबिद्यालय पिआरटी टिमका सदस्य तथा क्याम्पस संचालक समिति सदस्य तेजनारायण अधिकारी, स्थानीय सामाजिक व्यक्ति तथा क्याम्पसका पूर्व विद्यार्थी प्रिति पाण्डे, अक्षयकोषदाता गोविन्द शेरचन, क्याम्पस प्राध्यापक संघका अध्यक्ष भीमप्रसाद न्यौपाने, क्याम्पस भूपू विद्यार्थी मञ्चका अध्यक्ष सूर्यबहादुर थापा, क्याम्पसका विद्यार्थीको समूह नेचर क्लबका अध्यक्ष गणेश रामदामलगायतले बोलेका थिए ।

पोखरा बहुमुखी क्याम्पस विसं २०४४ सालमा स्थापना भएको कास्की जिल्लाकै सबैभन्दा पुरानो सामुदायिक क्याम्पस हो । क्याम्पसले यही जेठ २१ गते विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरीय सुनिश्चतता (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको थियो ।

Previous Post

लेखनाथमा रोपाईं महोत्सव हुने

Next Post

माओवादी केन्द्र पोखरा महानगरमा भण्डारीको प्यानल नै विजयी

Next Post

माओवादी केन्द्र पोखरा महानगरमा भण्डारीको प्यानल नै विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन