पोखरा । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अध्यक्षमा हरिप्रसाद भण्डारी विजयी भएका छन् ।
प्रत्यासी जनकराज पराजुलीलाई १६ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा विजयी भएका हुन् ।
कुल ८६ मतमध्ये भण्डारीले ५१ मत र पराजुलीले ३५ मत प्राप्त गरे । भण्डारी संस्थापन र पराजुली नेता जनार्दन शर्मा पक्षका हुन् ।
यस्तै, तीन उपाध्यक्षमा अर्जुन मल्ल, देवीमाया अधिकारी र पुष्पकमल ढुंगाना विजयी भए । मल्लले ५४, अधिकारीले ५३ र ढुंगानाले ४९ मत प्राप्त गरे । साथै गीता खनालले ३२ मत र दयाराम तिवारीले १० मत प्राप्त गरे ।
कमिटी सचिवमा सूर्यप्रकाश तिवारी सर्वसम्मत निर्वाचित भएका छन् । कोषाध्यक्षमा रामप्रसाद पाण्डेलाई १४ मतान्तरले पराजित गर्दै अनिल परियार निर्वाचित भए । परियारले ४९ र पाण्डेले ३५ मत प्राप्त गरे ।
सहसचिवमा भीम नेपालीलाई १९ मतान्तरले पराजित गर्दै चन्द्रबहादुर गुरुङ विजयी भए । गुरुङले ५२ मत प्राप्त गर्दा नेपालीले ३३ मत प्राप्त गरे ।






