• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकी प्रदेश स्तरीय क्रिकेटमा तनहुँ र स्याङ्जाको जित

नीतिप्रेस by नीतिप्रेस
June 15, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङ्जाले विजयी यात्रालाई कायमै राखेका छन् ।

समूह ‘ए’ अन्तर्गत पोखरा रंगशालामा आज भएको दुई खेलमा तनहुँले एक सय ७७ रनको र स्याङजाले ७८ रनले जित दर्ता गरेका हुन् ।

तनहुँ र म्याग्दी बीच भएको पहिलो खेलमा तनहुँले एकपक्षीय प्रदर्शन गर्दै म्याग्दीलाई एक सय ७७ रनको फराकिलो अन्तरले हरायो ।

ग्दीले टस जितेर पहिला फिल्डिङ रोजेपछि तनहुँले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय २३ रनको विशाल योगफल बनायो । तनहुँको जितमा कृष ऐरले ४८ बलमा एक सय दुई रनको शतकीय पारी खेले ।

खेलको म्यान अफ दि म्याच कृषले पाँच चौका र ११ छक्का प्रहार गरेका थिए । यस्तै दिपेश अधिकारीले आक्रमक रुपमा खेल्दै २५ बलमा ५१ रन बनाए ।

तनहुँका लागि समीर कँडेलले व्यक्तिगत १८ रन बनाए भने सुप्रिम सुनार २३ रनको योगदान दिए । म्याग्दीका लागि रोशन कार्की, सागर कटुवाल र हरि सुवेदीले समान एक-एक विकेट लिए ।

दुई सय २४ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको म्याग्दीले निराशाजनक प्रदर्शन गर्यो । म्याग्दी १४दशमलव४ ओभरमा जम्मा ४६ रनमा अलआउट भयो । जसमा रोशन कार्की (१८ रन) बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक पार गर्न सकेनन् ।

तनहुँका लागि सन्दीप पराजुली चार ओभरको स्पेलमा आठ रन दिँदै तीन विकेट लिंदा चन्द्रकान्त पौडेलले चार ओभरमा १७ रन दिएर दुई विकेट तथा नरेश शाही, वंश क्षेत्री, कृष अयेर, प्रदीप यादव र कबिन्द्र पण्डितले पनि समान रूपमा एक-एक विकेट लिए ।

आजै भएको दोस्रो खेलमा स्याङ्जाले बाग्लुङलाई ७८ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ७८ रन बनायो ।

स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले आक्रामक ब्याटिङ गर्दै ३३ बलमा छ चौका र चार छक्कासहित ६१ रनको महत्वपूर्ण इनिङ्स खेले । उनलाई अंकित न्यौपानेले २७ बलमा ३६ रन र अश्वनी रानाले १७ बलमा २० रनको साथ दिएका थिए ।

बाग्लुङका बलर अश्विन थापाले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा १७ रन खर्चेर चार विकेट लिए । यस्तै, दिपेश कुँवरले दुई र पुष्कर रिजालले एक विकेट लिए ।

जितका लागि एक सय ७९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बाग्लुङ पूरै २० ओभर खेल्दा एक सय रनमै सीमित बन्यो । बाग्लुङका लागि दीपेश कुँवरले सर्वाधिक २७ रन बनाए भने कप्तान विश्व कार्कीले १५ रन जोडे ।

स्याङ्जाका अश्वनी रानाले तीन ओभरमा मात्र ११ रन खर्चेर चार विकेट लिएर खेलको म्यान अफ दि म्याच घोषित भए । साथै, अंकित न्यौपाने र तुलसीराम भण्डारीले पनि दुइ, दुइ विकेट लिए ।

समूह एको खेलमा स्याङ्जा र तनहुँ दुबै टिमले दुईदुई खेल जित्दै चार–चार अंक बटुलेका छन् भने म्याग्दी र बाग्लुङ अंकविहीन छन् ।

सोमबार समुह ए अन्तर्गतका अन्तिम लिग खेल हुनेछन् । सोमबार हुने खेलले सोझै फाइनलमा पुग्ने टिमको टुङ्गो समेत लाग्नेछ । सोमबार पहिलो खेल बाग्लुङ र म्याग्दी तथा दोस्रो खेल तनहुँ र स्याङजाका बीच हुनेछ ।

प्रतियोगिता दुई समूहमा विभाजनमा गरी सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा छन् । प्रत्येक दिन दुई खेल हुनेछन् ।

प्रतियोगिता विजेताले नगद एक लाख, उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ बन्नेले एक हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक ऋषिराम गौतमले जानकारी दिए ।

Previous Post

तनहुँमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु, बुबा घाइते

Next Post

गण्डकीकाे नयाँ बजेट ३१ अर्ब ९८ करोड [पूर्णपाठ]

Next Post

गण्डकीकाे नयाँ बजेट ३१ अर्ब ९८ करोड [पूर्णपाठ]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन