पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आइतबार अर्थमन्त्री टकराज गुरुङले आगामी वर्षको आय-व्यय विवरण गण्डकी प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
यो चालु आर्थिक वर्षको भन्दा करीब एक अर्ब कम हो । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट थियाे ।
अर्थमन्त्री गुरुङले बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार पूँजीगत खर्चका लागि १९ अर्ब नौ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको रुपैयाँ विनियोजन गरिएको बताए ।
यसैगरी वित्तीय व्यवस्थातर्फ २५ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री गुरुङले बजेट प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासमा केन्द्रित रहेको उल्लेख गरे । उनले विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिइएको पनि जानकारी दिए।
सात अर्ब ७३ करोड रुपैयाँ वित्तीय समानीकरणबाट प्राप्त हुँदा नौ अर्ब २९ करोड राजश्व बाँडफाटबाट प्राप्त हुने सरकारको अनुमान छ ।
आन्तरिक आम्दानी पाँच अर्ब ४५ करोड हुने र एक अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाइने अर्थ मन्त्रीले बताए । नपुग सवा दुई अर्व रुपैयाँ चालु आवको बजेटबाट खर्च नभइ सञ्चित कोषमा रहने अर्थमन्त्री गुरुङले बताए ।
टमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सम्बद्ध कार्यक्रमका लागि ११ अर्ब ९८ करोड ९ लाख ८ हजार, उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयका कार्यक्रमहरुका लागि ३ अर्ब ८८ करोड ८१ लाख, सामाजिक विकास तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३९ करोड ५१ लख ६७ हजार, स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ३२ करोड ७० लाख ४० हजार बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका लागि १ अर्ब ६ करोड ५० लाख ४० हजार, उद्योग तथा पर्यटनका लागि ८४ करोड २१ लाख ९३ हजार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड ६७ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
नयाँ बजेटकाे पूर्णपाठ






