• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज श्रीगणेशको प्रिय दिन, अमृत र काल बेला परेको छ, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
June 17, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ असार ३ गते मंगलबार, इस्वीसंवत जुन १७ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्णपक्षको षष्ठी तिथि दिनमा १२ः१७ बजेसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ । नक्षत्रमा शतभिषा रातिमा ११ः०३ बजेसम्म त्यसपछि पूर्वाभाद्रपदा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा विष्कुम्भ ८ घटि २२ पलासम्म त्यसपछि प्रीति योग रहनेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा मृत्यु रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३५ पला अर्थात १३ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१० बजे जयदेव मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ७ः०० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः३४ बजे र अस्ताउने समय भोलि बिहानमा १०ः३० बजे रहेको छ । आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस रहेको छ । 

आजको राशिफल

मेषः आज सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन् । मिहिनेतीहरूका लागि धेरै कुरा आर्जन गर्ने समय छ । शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन् । पुराना समस्याको समाधान हुनेछ। भौतिक वस्तु तथा साधन-स्रोत जुटाउन सफल भइनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । उद्योग तथा व्यापार सम्बन्धी कामबाट विशेष लाभ हुनेछ ।

वृषः आज समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइएला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । पहिलेको कमजोर नतिजाले जोश-जाँगरमा कमी ल्याउन सक्छ । अध्ययनमा त्यति ध्यान दिन नसकिए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । आफ्नै कमजोरी आत्मसम्मानमा बाधक देखापर्नेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ ।

मिथुनः आज स्वास्थ्य भरपर्दो रहनेछैन । अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ । केही व्यवधान भए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । परिश्रम परे पनि मिहिनेतको उपलब्धि प्राप्त हुनेछ ।

कर्कटः आज परिस्थितिवश काममा व्यवधान हुनेछ । पहिलेको समस्या दोहोरिनाले पुरानै काममा अलमलिनुपर्ला । यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला । सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । अध्ययनमा समय दिन सकिनेछैन । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछ । तर उपलब्धि हातपार्न केही समय प्रतीक्षा गर्नुपर्ला ।

सिंहः आज स्वास्थ्य ठीकठाक रहनेछ । समय लागे पनि सम्मानित काम गर्ने समय छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । सभा-समारोहमा सहभागी बन्ने मौका छ ।

कन्याः आज स्वास्थ्य भरपर्दो रहनेछ । विभिन्न अवसर प्राप्त भए पनि बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ । वादविवादले काममा समस्या निम्त्याउन सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य औपचारिकतामा सीमित रहनेछ । मनको शंकाले रमाइलो परिवेशलाई समेत खलबल्याउन सक्छ । तर सदविचारले अभिप्रेरित हुनेहरूको दिनचर्या आनन्दमय रहनेछ । शुभचिन्चकहरूले साथ दिनेछन् । प्रेमको बन्धन कसिनेछ ।

तुलाः आज आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला । सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ ।

वृश्चिकः आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ ।, टाढाको यात्रा, मित्रसंगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कस्सिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ ।

धनुः आज स्वास्थ्य अनुकुल छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परे पनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीको असहयोगले महत्वपूर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानि गर्ने समय नरहेकोले केही समय पर्खनु उचित हुनेछ ।

मकरः आज स्वास्थ्य सबल रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ । आँखामा एक्कासी खराबी आउन सक्नेछ । आँटेका कामहरूमा असफलता, सोचेजतिका सबै कामहरूमा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ ।

कुम्भः आज स्वास्थ्यको हिसावले खराब रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्नेछैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ । आज पूर्वतर्फको टाढाको यात्रा गर्नु पनि ठीक हुँदैन । 

मीनः आज काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुँदै जानेछन् । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । शिक्षा क्षेत्रमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको छ, समयको फाइदा लिनुहोला ।

साहित (यात्रा): सूर्य मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म रोग बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म उद्धेग बेला
बिहान ८ः३५ बजेदेखि १०ः२० बजेसम्म चर बेला
बिहान १०ः२० बजेदेखि १२ः०४ बजेसम्म लाभ बेला
दिनमा १२ः०४ बजेदेखि १ः४८ बजेसम्म अमृत बेला
दिनमा १ः४८ बजेदेखि ३ः३२ बजेसम्म काल बेला
दिनमा ३ः३२ बजेदेखि ५ः१६ बजेसम्म शुभ बेला
दिनमा ५ः१६ बजेदेखि ७ः०० बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ७ः०० बजेदेखि ८ः१६ बजेसम्म उद्धेग बेला
साँझ ८ः१६ बजेदेखि ९ः३२ बजेसम्म चर बेला
राति ९ः३२ बजेदेखि १०ः४८ बजेसम्म लाभ बेला
राति १०ः४८ बजेदेखि १२ः०४ बजेसम्म अमृत बेला
राति १२ः०४ बजेदेखि १ः२० बजेसम्म काल बेला
राति १ः२० बजेदेखि २ः३५ बजेसम्म शुभ बेला
रातिमा २ः३५ बजेदेखि ३ः५१ बजेसम्म रोग बेला
रातिमा ३ः५१ बजेदेखि ०५ः०७ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

नेपाल नेदरल्याण्ड्ससँग पराजित

Next Post

पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाको रक्तदानमा ६४ युनिट रगत संकलन

Next Post

पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाको रक्तदानमा ६४ युनिट रगत संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन