पोखरा । पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाद्वारा २३औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारी नियमित रक्तदानले ज्यान बचाउन महत्वपूर्ण योगदान पुर्याउने बताइन् । उनले यस्तो सामाजिक उत्तरदायित्वमा सबैले सहभागी हुनुपर्ने धारणा राखिन् ।
कार्यक्रममाल गुल्मी पोखरा सम्पर्क समितिका अध्यक्ष कमल न्यौपाने, आकस्मिक रक्तदान युनिटका व्यवस्थापक हरिश्चन्द्र शर्मा, स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारी, सहकारीका सचिव मिलन श्रेष्ठ, कार्यक्रम संयोजक जीवन भण्डारी, सहसचिव महेश ज्ञवालीलगायतले बोलेका थिए ।
नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार सेवाबाट प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।






