पोखरा । सडकमा खसेको सुक्खा पहिरो पन्छाएसँगै मुग्लिन-नारायणघाट सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।
आज मध्याह्न १२ बजेतिर तुइन खोला पुल नजिकै सुक्खा पहिरो खसेपछि करिब साढे चार घण्टा राजमार्ग अवरूद्ध भएको थियो ।
स्काभेटर प्रयोग गरेर पहिरो पन्छाइएको थियो । तुइन खोलामा नयाँ पुल निर्माण गर्ने क्रममा पहरो काटिएको स्थानबाट पहिरो खसेको थियो ।






