• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पार्दी खोलामा बेपत्ता भएका धादिङका सुरेश तामाङ अझै भेटिएनन्

नीतिप्रेस by नीतिप्रेस
June 17, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरास्थित फेवातालको बाँधमुनि पौडी खेल्ने क्रममा बेपत्ता भएका धादिङका एक युवक अझै भेटिएका छैनन् ।

धादिङको धुनीबेसी नगरपालिका वडा नं १ ओडारेका २७ वर्षीय सुरेश तामाङ सोमबार साँझदेखि बेपत्ता भएका थिए ।

उनको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, आफन्तजन आज बिहानैदेखि जुटे पनि साँझसम्म फेला नपरेका हुन् । उनको खोजीमा सशस्त्र प्रहरीको गोताखोरसमेत परिचालन गरिएको छ ।

धादिङ-पोखरा सम्पर्क समाजका महासचिव प्रकाश दुलालका अनुसार सुरेश पाँच दिन अघि मात्रै पोखरा आएका थिए ।

सोमबार साँझ करिब ७ः३० बजे अन्य तीन जना साथीसँग पौडी खेल्ने क्रममा उनलाई पार्दी खोलाले बगाएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनीसँगै तामाङसँगै खोलामा पौडिएका अन्य तीन जना भने मुस्किलले बाँच्न सफल भएका थिए । तामाङलाई बचाउने कोसिस गर्दा नसकिएको उनीसँगै पौडी खेल्न गएका साथीहरु बताउँछन् ।

यसैबीच तामाङको खोजीमा कुनै कमि नगरिदिन धादिङ-पोखरा सम्पर्क समाजले प्रहरी लगायत सम्बन्धित निकायमा आग्रह गरेको छ ।

समाजका महासचिव दुलालले आज वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौलालाई भेटेर तामाङको खोजीमा कुनै कमि नगरिदिन आग्रह गरेका हुन् ।

डीएसपी निरौलाले तामाङ हराएसँगै प्रहरी खोजीमा जुटेको भन्दै कुनै कमि नहुने प्रतिवद्धता जनाएका छन् ।

उनले तामाङको खोजीमा गोताखेर समेत परिचालन गरिएको, ड्याम बन्द गरेर खोज्दा नभेटिएपछि पुनः ड्याम खोलेर खोजी गरिएको तर नभेटिएको बताए ।

प्रहरीले पोखराको डेभिडफल्स र फुस्रेखोलामा समेत उनको खोजी गरिरहेको जनाएको छ । तामाङको खोजीमा प्रहरी निरीक्षक सुमित कुशबाहको नेतृत्वमा टोली परिचालित भएको छ ।

Previous Post

मुग्लिन-नारायणघाट सडकखण्ड चार घण्टापछि यातायात सुचारु

Next Post

स्कटल्याण्डमाथि नेपालको जित

Next Post

स्कटल्याण्डमाथि नेपालको जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन