• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज दुई पटक लाभ बेला परेको छ, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
June 18, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ असार ४ गते बुधबार, इस्वीसंवत जुन १८ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्णपक्षको सप्तमी तिथि बिहानमा १०ः३८ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा पूर्वभाद्रपदा रातिमा १०ः०१ बजेसम्म त्यसपछि उत्तरभाद्रपदा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा प्र्रीति २ घटि ३७ पलासम्म त्यसपछि सौभाग्य योग रहनेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा पद्य रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३५ पला अर्थात १३ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१० बजे तुरुदेव मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ७ः०० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १२ः०० बजे र अस्ताउने समय भोलि बिहानमा ११ः३१ बजे रहेको छ । आज गोरखकाली पूजा गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेषः आजको दिन छलफल तथा बहस आदिमा मत बाझिने र असमझ्दारी हुन सक्नेछ । सहकर्मी तथा मित्रवर्गसँग पनि द्वन्द हुन सक्ने र चलिरहेको कार्यमा अबरोध आउन सक्ने छ, त्यस्तै छरछिमेकी तथा हितैषीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने खालको गोचर रहेको छ । मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । मातृशक्तिको आज्ञा वा आशिर्वाद लिएर अघि बढ्नुले कुनै तर्फबाट आकस्मिक उपलब्धि एवं लाभ हुनेछ । सावधानिपूर्वक स्वकर्ममा रहनाले पेशा तथा व्यवसाय एवं कर्मक्षेत्रमा सफल हुन सकिनेछ ।

वृषः आजको दिन बाधा ब्याबधानको बाबजुत पनि सकारात्मक लिन सकिन्छ । अल्लि बढी ईच्छाएको काम प्रभावित हुनेछ । रपनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशीयालीप्रद पनि रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्नसक्ने छ, स्वास्थ्यको भने विचार पुर्‍याउनु पर्ला । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि मिल्न सक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको बारेमा विचारविमर्श हुनसकने छ । पेशागत कामकार्यबाट लाभ एवम् सफलता मिल्नेछ । प्रेमसम्बन्ध गाँसिने तथा जोडिएको सम्बन्ध मजबुत बन्नेछ ।

मिथुनः आजको दिन काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै पर्न सक्नेछ । आफ्नो काममा भन्दा अरुकै काममा समय दिनपर्ने, गरेको काममा अपयश मिल्ने जस्तो पर्न सक्नेछ । मानप्रतिष्ठामा ह्रास, खर्च बढ्ने तथा कार्यमा असफल गराउने चक्रव्यूह चल्नसक्ने छ । अनावश्यक घुमफिर हुनसक्ने, कामकार्यमा अबरोध आउन सक्ने तथा अस्वस्थता बढ्ने र मानसिक उद्दिग्नता हुन सक्ने छ । कामकुरो नबुझि बहकावमा आएर अनर्थ परिश्रम नगरेकै राम्रो हुनेछ । स्वकर्ममा लगनशील भएर सद्प्रयासरत रहनाले भने प्रतिकूलता कम हुन गई केही लाभ हातपार्न सकिनेछ, आत्मबल नगुमाउनु उचित हुनेछ ।

कर्कटः आजको दिन सत्कर्मबाटै आय-आम्दानी गर्नसकिने छ । शैक्षिक कमाइतर्फ बुद्धि फिराउँदा हुने आम्दानी पनि फुत्कने र पछुतो पर्नसक्ने छ । कुधनको चेष्टाप्रति आत्मसंयमको जरुरी देखिन्छ । अपेक्षा तथा आश्वासन गरेको तर्फबाट हुने उपलब्धि नहुँदा अल्लि खल्लो महसूस हुनसक्ने छ । तथापि सामान्यतया दैनिक कामकार्य एवं पेशागत व्यवसायिक गतिविधि चालुनै रहनेछ । आज पूर्वतर्फको यात्राले विशेष लाभ हासिल हुन सक्ने देखिन्छ । तर आर्थिक कारोबार गर्दा भने विचार पुर्‍याउन आवश्यक छ ।

सिंहः आजको दिन सुधारोन्मुख एवं अनुकूलप्रद देखिएको छ । पेशा एवं व्यवसायिक क्षेत्रमा राम्रो उन्नति हुन सक्ने छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । वचस्व स्थापित हुनेछ । ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । अवसरको सदुपयोग गर्नाले राम्रो उपलब्धि हातपार्न सकिनेछ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ जसको सदुपयोग गर्नक्नु बुद्धिमानी हुनेछ ।

कन्याः आजका दिन यद्यपि दिनलाई सकारात्मक नै मान्न सकिन्छ तथापि मुख्य कार्यमा अदृश्य रोकावट तथा बाधाब्याबधान आउनसक्ने कुरालाई गोचरले देखाइरहेको हुनाले त्यसको निवारणको लागि गणेशभक्ति हितकर हुनेछ । सामान्यतया ढुकुटीमा खजाना तथा धन दौलत जम्मा हुनेछ । वाणी सिद्धिकर दिन परेकोले मान्छेलाई बोलीवचन तथा तर्क आदिले प्रभाव पार्न र समर्थन लिन सकिने देखिन्छ । आफन्तबाट सहयोग पनि मिल्ने र उत्साह तथा उमङ्गमा बृद्धि हुनेछ । केहीहद्सम्म व्यवसायिक प्रगति भई धन-सम्पत्तिकोे संग्रह पनि हुनेछ ।

तुलाः आजको दिन त्यति प्रभावकारी छैन । साविकभन्दा बढी संघर्ष गर्नुपर्ने छ । स्वास्थ्यमा समस्या पर्नसक्ने सम्भावना पनि छ । आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । खर्चमा बृद्धि हुने र कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रन सक्ने छ । प्राप्त आश्वासन पूरा हुननसक्ने भएकोले बढी अपेक्षा नगरेकै उचित हुनेछ । कुरो नबुझि हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । संघर्ष नै परेपनि विवेकपूर्ण तरिकाले स्वकर्मलाई समय दिनाले केही उपलब्धि भने हुनसक्ने छ ।

वृश्चिकः आजको दिन जीवन साथी वा प्रेमिको गुनासाको सामना गर्नपर्नेछ । तथापि आमोद-प्रमोद तथा विलासवृतिप्रद दिनचर्या व्यतित हुनेछ । कसैकसैलाई गलत नियत भएको विपरित लिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ होस पुर्याउनु पर्ला । व्यवसाय तर्फ सामान्यभए पनि उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुन पाइने सम्भावना छ । यात्राको योग पनि देखिएको छ ।

धनुः आजको दिन धेरै तर्फबाट अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक क्षमतामा बृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउन सकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्रको लागि हिम्मत र साहस बढ्ने छ ।

मकरः आजको दिन ग्रह गोचरले सकारात्मक हो तर पनि आफ्नै अहंताले सफलताको मुखमै पुगेको काम रोकिने सम्भावना छ । घमण्ड तथा प्रमाद् नगर्नु बुद्धिमानी हुनेछ । शक्ति तथा विद्याको अहं योजना बनाए पनि गोचरले त्यति साथ दिएको देखिँदैन । काम नभई नबोलेको उचित हुनेछ । विश्वासघातको पनि सम्भावना पनि छ, होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । भाका तथा आश्वासन पूरा हुन गार्हो परेपनि संयमपूर्वक स्वाध्याय तथा स्वकार्यरत रहनाले लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्न सक्नेछ ।

कुम्भः आजको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुन सक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथा बैंक ब्यालेन्स बढ्ने छ । परोपकार आदि समाज सेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसक बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोली वचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ ।

मीनः आजको दिन शारीरिक क्षमता तथा जोश जाँगर बढ्ने छ । राम्रो उद्यम सम्पादन हुने, प्रतिस्पर्धाजन्य कार्यमा सफलता मिल्नेछ । दैनिक कामकार्य तथा पेशको क्षेत्रबाट राम्रो फाइदा उठाउन सकिने छ । कार्यक्षेत्रमा विशेष रुचि बढ्ने छ । महत्वपूर्ण कार्ययोजना अगाडि बढाउन सकिने छ । आफन्तसँग भेटघाट हुने र सहयोग मिल्ने छ । व्यवसायिक क्षेत्रबाट लाभ पनि गर्नसकिने छ । मुख्य एवं महत्वपूर्ण काममा साथ सहयोग पनि प्राप्त हुनेछ ।

साहित (यात्रा): सूर्य मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म लाभ बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म अमृत बेला
बिहान ८ः३५ बजेदेखि १०ः२० बजेसम्म काल बेला
बिहान १०ः२० बजेदेखि १२ः०४ बजेसम्म शुभ बेला
दिनमा १२ः०४ बजेदेखि १ः४८ बजेसम्म रोग बेला
दिनमा १ः४८ बजेदेखि ३ः३२ बजेसम्म उद्धेग बेला
दिनमा ३ः३२ बजेदेखि ५ः१६ बजेसम्म चर बेला
दिनमा ५ः१६ बजेदेखि ७ः०० बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ७ः०० बजेदेखि ८ः१६ बजेसम्म अमृत बेला
साँझ ८ः१६ बजेदेखि ९ः३२ बजेसम्म काल बेला
राति ९ः३२ बजेदेखि १०ः४८ बजेसम्म शुभ बेला
राति १०ः४८ बजेदेखि १२ः०४ बजेसम्म रोग बेला
राति १२ः०४ बजेदेखि १ः२० बजेसम्म उद्धेग बेला
राति १ः२० बजेदेखि २ः३५ बजेसम्म चर बेला
रातिमा २ः३५ बजेदेखि ३ः५१ बजेसम्म लाभ बेला
रातिमा ३ः५१ बजेदेखि ०५ः०७ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

एपेक्सको शब्दखेल प्रतियोगितामा रेन्बो एकेडेमिक होम्स प्रथम

Next Post

आज गण्डकीसहित चार प्रदेशमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

Next Post

आज गण्डकीसहित चार प्रदेशमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन