पोखरा । नेपाली बजारमा आज बुधबार सुनको मूल्य वृद्धि भएको छ । आज छापावाल सुन तोलामा नौ सय रुपैयाँ वृद्धि भएको हो ।
मूल्य बढेसँगै आज सुनको भाउ प्रतितोला एक लाख ९५ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार छापावाल सुनको भाउ प्रतितोला एक लाख ९५ हजार रुपैयाँ कायम भएको थियो ।
आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९६ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, आज असली चाँदीको मूल्य भने बुधबार ह्वात्तै बढेको छ । मंगलबार तोलामा दुई हजार एक सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर तोलामा दुई हजार दुई २५ रुपैयाँ कायम भएको छ ।
पोखरा बजारमा चाँदीको भाउ प्रतितोला दुई हजार दुई सय ५५ रुपैयाँ कायम भएको छ ।






