लमजुङ । बेँसीसहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ ।
लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं ४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो ।
पहिरो पन्छाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिए ।
सडक अवरुद्ध भएसँगै लमजुङ र मनाङतर्फ सवारी लाम लागेको छ ।






