• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा युनाइटेड एकेडेमीमा एसइई कप शुरु

नीतिप्रेस by नीतिप्रेस
June 18, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा एसइई कप २०८२ शुरु भएको छ ।

प्रतियोगिताअन्तर्गत फुटसल, बास्केटवल, भलिवल र क्वीज हुनेछन् । जसमा भलिबलमा ४० छात्र र १० छात्रासहित ५० टिमको सहभागिता छ ।

यस्तै बास्केटवलमा ३४ छात्र र नौ छात्रासहित ४३ टिम तथा फुटसलमा ३२ टिमको सहभागिता रहेको विद्यालयका सहायक प्राचार्य गोविन्द प्रसाद चापागाईंले जानकारी दिए ।

क्वीजमा भने १२ टिमको सहभागिता छ । तीन वटै खेलका विजेता टिमले १२ हजार र उपविजेता टिमले आठ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

क्वीज विजेताले पाँच र उपविजेताले तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने सहायक प्राचार्य चापागाईंले जानकारी दिए ।

एसइई परीक्षा २०८१ मा सहभागी विद्यार्थीमात्रै प्रतियोगितामा सहभागी हुन पाउनेछन् । सबै खेल लिग कम नकआउटका आधारमा खेलाइनेछ ।

तीन दिनसम्मि चल्ने प्रतियोगिता उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले सोही प्रकारको वातावरण सिर्जना गरिएको बताए ।

प्राचार्य बयानबहादुर गोदारले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य विद्यालयको रहेको बताए ।

उद्घाटन कार्यक्रममा विद्यालयका सहायक प्राचार्य देवेन्द्र अधिकारी, विद्यार्थी संयोजक फणीन्द्रराज पौडेललगायतले बोलेका थिए भने विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

२०५० सालमा स्थापित विद्यालयमा हाल नौ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय ५० विद्यार्थी छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ ।

विद्यालयका अनुसार आगामी दिनमा मोवाइल, टीभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरिएको छ ।

Previous Post

बेँसीसहर-चामे सडक पहिरोले अवरुद्ध

Next Post

ट्रम्पले पाकिस्तानी सेना प्रमुख मुनीरलाई भेट्दै

Next Post

ट्रम्पले पाकिस्तानी सेना प्रमुख मुनीरलाई भेट्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन