पोखरा । पोखराबाट पर्वततर्फ जाँदै गरेको ग१ज ८६९१ नम्बरको विद्युतीय गाडी हेमजामा दुर्घटना हुँदा चालसहित पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं १७ घारीपाटनका ३४ वर्षीय कुशलरत्न परियार, पर्वतको जलजला गाउँपालिका वडा नं ४ मल्लाजका ३७ वर्षीय हर्कबहादुर विक, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ नौंडाँडाका २७ वर्षीय दीपेश परियार, २७ वर्षका रित्तिका परियार, चार वर्षीय रेगन परियार तथा चालक छन् ।
चालक र हर्कको गण्डकी मेडिकल कलेज तथा दीपेश, रित्तिका र रेगनको मणिपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पानी परिरहेको अवस्थामा तीव्र गतिमा गाडी चलाइएका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






