पोखरा । वैदिक धर्म परिषद् नेपालअन्तर्गत नारी परिषद् समिति गठन भएको छ । समितिको अध्यक्षमा मीरा आचार्य चयन भएकी छन् ।
समिति उपाध्यक्षमा शुभद्रा कोइराला र जमुना सुवेदी, सचिवमा शिवकुमारी लामिछाने, सहसचिवमा प्रभा पौडेल, कोषाध्यक्षमा विजयालक्ष्मी कोइराला छन् ।
समिति सदस्यमा तुलसी बराल, मैयाँ सिग्देल पराजुली, मीना कुँवर, मीना क्षेत्री, उमादेवी बास्तोला, वसन्ती कुमाल, जीवन बराल, शान्तिदेवी सिग्देल, पवित्रा केसी नारायणी सुवेदी, गायत्री पराजुली, सीता बस्ताकोटी, हिरामोती ढकाल, पार्वती गौतम, माया भट्टराई छन् ।
समिति सल्लाहकारमा गीरा कोइराला, सावित्रा कोइराला, दुर्गा बाँस्तोला, दुर्गा अधिकारी, मुना बास्तोला, कानूनी सल्लाहकारमा गीता आचार्य र सुष्मा पौडेल छन् ।
समितिले वैदिक सनातन धर्म संस्कार र संस्कृतिको विषयमा विभिन्न कार्यक्रम गर्दै युवा पुस्तालाई जागरुप गराउँदै अघि बढ्ने नवनिर्वाचित अध्यक्ष मीरा आचार्यले जानकारी दिइन् ।






