पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को उपाधि बागलुङका प्रेम विकले जितेका छन् ।
सँगै प्रतिस्पर्धा गरेका अन्य १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै विकले उपािध जितेका हुन्। विजेता विकले ५१ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष दुर्गा रायमाझी थिए ।
अन्य निर्णायकमा वरिष्ठ संगीतकार नवराज बराल, प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक पशुपति शर्मा, गायिका शान्ति गुरुङ थिए ।






