• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज सूर्यदेवको प्रिय दिन, अमृत र काल बेला परेको छ, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
June 22, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ असार ८ गते आइतबार, इस्वीसंवत जुन २२ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्णपक्षको द्धादशी तिथि रातिमा ११ः०९ बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ । नक्षत्रमा भरणी दिनमा ३ः५४ बजेसम्म त्यसपछि कृत्तिका नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सुकर्म २६ घटि ४१ पलासम्म त्यसपछि धृति योग रहनेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा काल रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३६ पला अर्थात १३ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः११ बजे रुद्र मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ७ः०१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १ः५१ बजे र अस्ताउने समय भोलि दिनमा ३ः५१ बजे रहेको छ । आज योगिनी एकादशी व्रत गर्ने दिन रहेको छ । 

आजको राशिफल

मेषः आजको दिन नजिकको देवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । मनमा सकारात्मक सोचका लागि सूर्योदयको दर्शन गरेपछि आजको दिनको शुरुवात गर्नुहोला । आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आज पश्चिमतर्फको यात्रा नगर्दा राम्रो हुनेछ ।

वृषः आजको दिन व्यापार व्यवसायबाट प्राप्त हुने अर्थ लाभले खुसियाली हुनेछ । तपाईंले निकैं सोच अनुसार काम हुनेछ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउन सक्छ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ । घर परिवारका सदस्यबीच मतभेद पनि हुनसक्छ ।

मिथुनः आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्छन् । त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नुहोला । आजको दिन सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईंको मनमा खुसीयाली छाउने छ । चन्द्रमाको साथ छ । आज बिहान सूर्यनारायणको दर्शन गरी कामको शुरुवात गर्नु उत्तम हुनेछ ।

कर्कटः आजको दिन शुभ छ । त्यसैले आजको दिन तपाईंको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु भयो भने मनमा सन्तोष छाउने छ ।

सिंहः परिवार र मित्र मण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले तपाईंलाई अनावश्यक आरोपसमेत लगाउन सक्नेछन् । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला । सकारात्मक सोच राख्नुहोला ।

कन्याः आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको राशिबाट महिला र वृद्ध मातालाई केही उपहार दिनु होला । तपाईंमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ । कुनै कुमारी कन्यालाई खाने बस्नु र बस्त्र दान दिनुहोला ।

तुलाः आजको दिन सुरु गरेको काम सफल हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्न मिहिनेतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा ध्यान दिनु पर्ने छ ।

वृश्चिकः आज कार्यायोजना अनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईंको कार्यमा सफलता मिल्नेछ । विवाद हुने काम नगर्नु होला ।

धनुः आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ । धनु राशि भएका जातकका लागि ग्रह बलिया छन् ।

मकरः तपाईंलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको  मन्दिरको दर्शन गर्नाले मनमा प्रशन्नता छाउनेछ । अर्थलाभका कामबाट मनमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दूरीको यात्रा गर्दा फलदायी हुनेछ । आज आफन्तजनको साथ सहयोगले मनमा प्रशन्नता छाउने छ ।

कुम्भः आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।

मीनः आज बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययनअध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुची बढ्नेछ । व्यापारमा हुनुहुन्छ भने लाभ हुनेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन अध्ययन लेखनमा मन जानेछ । साँझको समयमा शिवालय यात्रा गर्दा सकारात्मक ऊर्जा मिल्नेछ ।

साहित (यात्रा): सूर्य मिथुन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म उद्धेग बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म चर बेला
बिहान ८ः३५ बजेदेखि १०ः२० बजेसम्म लाभ बेला
बिहान १०ः२० बजेदेखि १२ः०४ बजेसम्म अमृत बेला
दिनमा १२ः०४ बजेदेखि १ः४८ बजेसम्म काल बेला
दिनमा १ः४८ बजेदेखि ३ः३२ बजेसम्म शुभ बेला
दिनमा ३ः३२ बजेदेखि ५ः१६ बजेसम्म रोग बेला
दिनमा ५ः१६ बजेदेखि ७ः०० बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ७ः०० बजेदेखि ८ः१६ बजेसम्म चर बेला
साँझ ८ः१६ बजेदेखि ९ः३२ बजेसम्म लाभ बेला
राति ९ः३२ बजेदेखि १०ः४८ बजेसम्म अमृत बेला
राति १०ः४८ बजेदेखि १२ः०४ बजेसम्म काल बेला
राति १२ः०४ बजेदेखि १ः२० बजेसम्म शुभ बेला
राति १ः२० बजेदेखि २ः३५ बजेसम्म रोग बेला
रातिमा २ः३५ बजेदेखि ३ः५१ बजेसम्म उद्धेग बेला
रातिमा ३ः५१ बजेदेखि ०५ः०७ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

गण्डकी लोक ताराको उपाधि बागलुङका प्रेम विकलाई

Next Post

अल्लोका कपडामा एगाको चासो

Next Post

अल्लोका कपडामा एगाको चासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन