पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा आज हल्का तथा छिटपुट वर्षा हुने प्रक्षेपण गरिएको छ । पाेखरामा दिनभर घाम लाग्ने र बादल लाग्ने तथा धुम्म हुने बताइएको छ ।
पोखरामा बिहानको तापक्रम २२-२४ डिग्री सेल्सियस छ भने दिउँसो करिब २ बजे ३२ डिग्री पुग्ने अनुमान गरिएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेकोले आज दिउँसो गण्डकी कोशी, बागमती र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाका अनुसार कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा कोशी र बागमती प्रदेशकै उच्चपहाडी तथा हिमाली भागका केही स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भागका एक,दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।






