पाेखरा। नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताअन्तर्गत आज दोस्रो खेल जापानविरुद्ध खेल्दैछ ।
यस खेलमा जापानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।
प्रतियोगितामा नेपाल र जापान दुवैले विजयी शुरुवात गरेका छन् ।
पहिलो खेलमा नेपालले सिंगापुरलाई छ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने जापानले भुटानलाई दुइ सय १५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।
प्रतियोगिताअन्तर्गत अब नेपालले जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।






