पोखरा । आज पोखरामा बिहानैदेखि मौसम सफा भइ घाम चर्किएको छ । जसका कारणले प्रचण्ड घर्मी महसुस गरिएको छ । जसका कारणले आज बिहानै पोखराको तापक्रम २५ डिग्री सेल्सियस रहेको छ । साथै आज दिउँसो तापक्रम बजेर १ देखि ३ बजेबीच ३३ डिग्री पुग्ने अनुमान गरिएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज बिहीबार अधिकांश प्रदेशमा बदली भई वर्षा हुने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, विशेषगरी गण्डकी, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली भई केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। तराईमा पनि हल्कादेखि मध्यम वर्षा र हावाहुरी चल्न सक्छ। राति पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
मधेस प्रदेशमा दिनभर र राति तराई क्षेत्रमा आंशिक बदली रही थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाका साथै हावाहुरीको सम्भावना छ।
बागमती प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली भई केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । राति पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा र तराईमा पनि भारी वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशमा दिउँसो पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा को सम्भावना छ। राति पनि पहाडी र तराईका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशमा दिनभर र राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेशमा दिउँसो पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा को सम्भावना छ। राति भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशमा दिउँसो र राति दुवै समयमा हिमाली, पहाडी र तराईका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
महाशाखाले मनसुनी गतिविधि सक्रिय रहेकाले विशेषगरी पहाडी र केही तराईका भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।






